दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

0
701

पथरीशनिश्चरे,

मोरङ्गको सुन्दरहरैंचास्थित गोठगाउँको पूर्व-पश्चिम सडक खण्डमा टिपरको ठक्करबाट आज दिउँसो एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ६५०३ नम्बरको टिपरले विपरीत दिशातर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ९१२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बू गम्भीर घाइते भएका थिए ।

घाइते लिम्बूको उपचारको क्रममा धरान स्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएको जनाएकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here