धुलावारी मृत्यु प्रकरण : एक महिला प्रहरीको नियन्त्रणमा

0
1245

मेचीनगर,

झापाको मेचीनगर—१० मा भएको प्रदिप आचार्यको मृत्युको घटनाका विषयमा आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले एकजना ४० वर्षीय महिलालाई नियन्त्रणमा लिईएको छ ।

घटनाका विषयमा सम्बन्धित पक्षले सत्यतथ्यरुपमा छानवीन गरीदिन परिवारजनले आग्रह गरेको थियो । इलाम नगरपालिका—१० मूर्तिडाडाका ४० बर्षीय प्रदिप झापाको मेचीनगर—१० लालपानिस्थित नातामा मामा पर्ने ज्ञानु पौडेलको घरको कोठा भित्र झुण्डिएको अवस्थामा बुधबार विहान फेला परेका थिए । घटनाको प्रकृति हेर्दा आचार्यको आत्महत्या नभएर हत्या भएको हुन सक्ने परिवारजनको भनाई छ ।

घटना पश्चात मृतक आचार्यका परिवार र आफन्तबाट आत्महत्या दुरुत्साहनमा झापाको मेचीनगर—१० की ती महिलाको नाममा जाहेरी दरखास्त इलाका प्रहरी कार्यालय धुलावारीमा परे पछि प्रहरीले हिजो साँझ उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिईएको पुष्टि गरेको छ । प्रहरीले ती महिलाको नाम भने गोप्य राखेको छ । अनुसन्धानमा बाधा पर्ने भन्दैं प्रहीले महिलाको नाम खुलाउन नचाहेको बताएको छ ।

मुुलुकी अपराध ‐संहिता) ऐन २०७४ मुलुकी फौजदारी कार्यविधिमा आत्महत्या गर्न दुरुत्साहन दिन नहुने उल्लेख छ । कसैले कसैलाई आत्महत्या गर्न दुरुत्साहन दिन वा त्यस्तो काम गर्ने सम्मको परिस्थिति खडा गर्न वा गराउन हुदैंन । यदि कसूर प्रमाणित भएमा मुुलुकी अपराध ‐संहिता) ऐन २०७४ मुलुकी फौजदारी कार्यविधिमा दफा १८५ को उपदफा १ बमोजिमको कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

हाल ती महिलालाई इलाका प्रहरी कार्यालय धुलावारीमा राखिएको र विहीबार आज अदालतबाट म्याद थप गरेर आवश्यक प्रक्रिया अघि बढाईने प्रहरीको भनाई छ । आचार्य परिवारले प्रदिप आचार्यको आत्महत्या नभइ हत्या भएको आरोप लगाएका छन् ।

आफन्त तथा परिवारका सदस्यहरुले घटना सम्बन्धमा शीघ्र अनुसन्धान गर्दै सत्यतथ्य बाहिर ल्याउन माग गर्दै घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान सुरु भइ सकेको झापा प्रहरीले जनाएको छ । यद्यपि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र घटनाका बारेमा जानकारी दिने प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here