के सोच्थेँ ! के रहेछु !

0
731

विवेक सापकोटा,

आज एउटा बन्द कोठाभित्र
अन्तरमनको ऐनामा आफैंलाई नियाल्दा
भर्खरै थाह पाएँ
म त उदाङ्गै पो रहेछु ।
आभुषण त मेरा जाली रहेछन् ।
‘वाक’ त मेरो खाली पानामा
बालबालिकाले कोरेका आकारहीन चित्र मात्र रहेछन् ।

हो ! म आफंैमा सर्वैसर्वा पान रहेछु
आफैंमा मसी सकिएको कलम…
केवल बाहिरी आवरण मात्र आकर्षित ।

‘विचारले भरिपूर्ण छु’ भनी ढुक्क भई
‘बहुमूल्य धातुभन्दा अनमोल धनको हानी छु’ भनी
‘आदर्शको सुपात्र हँु’ भनी
आफैंमा घमण्ड गरी…
दैत्यासूर झैं ठूलो हाँसो धन्काएता पनि
म त केवल
भू–मण्डलदेखि बाहिरको एक्लो बृहस्पति मात्र रहेछु ।

दुनियाँले ‘तपार्इं’ कहिले भनेको रहेछ र ?
म त आफ्नै ‘मपाइत्व’मा रमाइरहेको रहेछु ।
तर, आज…
‘दुनियाँ आफूसँग छ ?’ या
आफू दुनियाँसँग छु ?’
न त आफैंमा प्रश्न तेस्र्याउने सामथ्र्य राख्दछु,
न निर्धासँगै मात्र आँखा जुधाउन
हिम्मत नै जुटाउन सक्दछु ।

बल्ल आज स्पष्ट भए.ँ..
‘अस्तित्व मेरो पनि छ ।’ भन्दै छाती फुलाउने ‘म’
‘कठैबरा !’ म त गोँधुलीमा अल्मलिएको यात्री जस्तै
‘विचरा’ पो रहेछु ।

बाँकी सबै ‘सेतै सेता’
‘काले’ त म एउटै रहेछु ।
हे मानवगण…
के सोच्थेँ, तर के पो रहेछु !?

बिर्तामोड–१, वरपिपलटोल, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here