झापामा लहरीको ठक्करबाट साइकल यात्रीको मृत्यु

0
264

झापा ।

झापाको शिवसताक्षी नगरपालिका–११ झिलझिलेस्थित पूर्व–पश्चिम राजमर्गमा लहरीको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसतासक्षी नगरपालिका–८ की ३३ बर्षीया सुनिमा राई लिम्बू रहेकी छन् । पश्चिम तर्फ जाँदै गरेको प्र २ –०३–००१ ख ४२३० नम्बरको लहरीले ठक्कर दिई गम्भिर घाईते भएकी उनको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

ठक्कर दिने लहरी र चालक चितवन राप्ती नगरपालिका १ का ३१ बर्षीय प्रबिन लामा इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको प्रहीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here