भरुवा बन्दुकसहित दुई जना पक्राउ

0
490

खोटाङ ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० बाट प्रहरीले भरुवा बन्दुक सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही स्थानका ४९ बर्षीय दिलसेर राई र खड्गसिंह राई रहेका छन् । भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुको घर खानतलासी गर्दा दुवैजनाको घरबाट अबैध रुपमा लुकाई छिपाई राखेको दुई नाल भरुवा बन्दुक बरामद गरेको हो ।

बन्दुक बरामद भए पछी उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here