भरुवा बन्दुक बनाई बेचबिखन गर्ने पक्राउ

0
349

मोरङ ।

आफ्नो घरमा कारखाना सञ्चालन गरेर भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका–१ का ५२ बर्षीय आशबहादुर लिम्बू रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट भरुवा बन्दुक एक थान, बन्दुक बनाउन प्रयोग गरिने नाल दुई थान, काठको बट चार थान, फलामको पड्किने पासो भएको बन्दुक एक थान, बारुद एक केजी, हरिणको सिङ पाँच थान, बन्दुकको नालसफा गर्ने रड एक् थान त्यस्तै फलामको काजो तीन थान लगायत बन्दुक बनाउन प्रयोग हुने औजार सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ परेका लिम्बूलाई ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here