मेचीनगरमा पहिलो पटक माउण्टेण्ड वाइक निःशुल्क सर्भिस क्याम्प

0
332

मेचीनगर,

पछिल्लो समय साइक्लिङप्रति युवा युवतीको निक्कै आकर्षण निक्कै छ । साइक्लिङ गरिरहँदा शरीरको समूचित व्यायाम र शरीरलाई ‘फिट एन्ड फाइन’ पनि राख्न भएकाले साइक्लिङ एक सम्पूर्ण व्यायाम पनि हो भनिन्छ ।

साइक्लिङ पारखीहरुलाई लक्षित गरेर झापाको मेचीनगरमा सोमबार नगरमै पहिलो पटक माउण्टेण्ड वाइक निःशुल्क सर्भिस क्याम्प सम्पन्न भएको छ । मेचीनगर—६ स्थित काँकरभिट्टामा क्याम्प सम्पन्न भएको हो ।

‘द हिमालयज माउण्ड वाइक’ विर्तामोडको प्राविधिक सहयोगमा मेची राईडस साइक्लिङ एशोसिएशन मेचीनगरको आयोजना क्याम्प सम्पन्न भएको हो । ‘द हिमालयज माउण्ड वाइक’ का प्राविधिक सागर लुङ्गेली मगर र सुजल घिमिरेले क्याम्पमा ल्याइएका ५० देखि ८० वटा माउण्टेण्ड वाइक निःशुल्करुपमा मर्मत तथा सम्भार गरेको मेची राइडर्स साइक्लिङ एशोसिएशन मेचीनगरका अध्यक्ष अर्जुन सुब्बाले जानकारी दिनुभयो । नगरमै पहिलो पटक यस्तो निःशुल्क सर्भिस क्याम्प राखेका कारण नगरका धेरै राईडरले सुविधा लिइएको उहाँको भनाई छ ।

क्याम्पमा राइडर्स हरुको सुविधालाई ध्यनमा राखेर सहुलियत दरमा माउण्टेण्ड वाइकको विक्री कक्ष समेत राखिएको थियो । एकैदिन चारवटा साइकल विक्री भएको अढाईदेखि तीनलाख रुपैयाँको कारोवार भएको ‘द हिमालयज माउण्ड वाइक’ विर्तामोडका सञ्चालक धनराज थापाले जानकारी दिनुभयो , क्याम्पमा जुनसुकै कम्पनिका माउण्टेण्ड वाइकको मर्मत तथा सम्भार गरिएको थापाको भनाई छ ।

मेचीनगरमा मेची राइडर्स साइक्लिङ एशोसिएशन नै बनाएर शारीरिक स्वास्थ्य मात्रै नभई वातावरण जोगाउन र पर्यटन प्रवद्र्धनका लागि समेत लागि परेको एशोसिएशनका अध्यक्ष अर्जुन सुब्बाले जानकारी दिनुभयो । मेचीनगरमा अहिले २ सय ५० जना साईकल राईडरहरु पुगिसकेको अध्यक्ष सञ्जय सुब्बाले बताउनुभयो । मानवको शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न साइक्लिङ गर्दा यसले वातावरणीय प्रदूषण समेत जोगाउने र पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पुग्ने उहाँको दावी छ । साइक्लिङ स्वासथ्यका लागि पनि फाइदाजनक हुने विज्ञहरुको भनाई छ ।

ब्रिटिश मेडिकल एशोसिएशनका अनुसार हरेक हप्ता औसत ३२ किलोमिटर साइक्लिङ गर्दा मुटुको कोरोनरीको रोगको खतरा ५० प्रतिशतसम्म कम हुनसक्छ । एक अध्ययनबाट के पनि पाइएको छ भने जो व्यक्ति हरेक हप्ता ३२ किलोमिटर साइक्लिङ गर्छन्, उनीहरुलाई मुटुको रोगको जोखिम हुँदैन ।

साइक्लिङ खुला हावामा हुन्छ । साइक्लिङबाट शारीरिक साथै मानसिक रुपमा पनि स्वस्थ र तन्दुरुस्त भइन्छ । साइक्लिङ एक सहज विधी पनि हो । आरमले पाइडल घुमाउदा वा उत्साहसाथ, शरीरका अंगहरु राम्ररी सञ्चालन हुँदा मुटुको धड्कन बढ्छ ।

शरीरको प्रत्येक कोशिकाका लागि अक्सिजनयुक्त रक्त प्रवाह बढ्छ । मुटु र फोक्सो बलियो हुन्छ । मांशपेशी बलियो हुन्छ । जोर्नीहरुको राम्ररी व्यायाम हुने चिकित्सक आनन्दराज खनालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here