रङ्गमञ्चकर्मी प्रकाश दाहाल ‘दाह्री भाई’ चार दिनदेखी बेपत्ता

0
779

बिर्तामोड । 

झापाको दमकबाट रङ्गमञ्चकर्मी प्रकाश दाहाल ‘दाह्री भाई’ चार दिनदेखी बेपत्ता भएका छन् । दमकस्थित थिएटरमा काम गर्दै बसेका दाहाल गत १८ गते राती १ बजेबाट बेपत्ता भएको उनका बुबा इन्द्रप्रसाद दाहालले जानकारी दिए ।

रंगमञ्चका कलाकार दाहाल दमक थिएटरमा काम गर्दै आएका थिए। उनी केहि समयदेखि सोही थियटरमा अभिनय कला सिकाउदै आएका थिए । झापा गोल्धाप घर भएका दाहाल परिवार सहित दमक बस्दै आएको छ । उनका बुबा आमा दमक–६ स्थित पशुहटीमा ब्यवसाय गर्दै आएका छन् ।

छोरा बेपत्ता भएको भन्दै बुबा इन्द्रप्रसादले पूर्वाञ्चलसंग भने–थिएटरमै बस्दै काम गर्दै आएको छोरा कसरी बेपत्ता भयो, हामी आफैं अलमलमा परेका छौं । उनले आफ्नो छोराको खोजी गरिदिन सबैसंग आग्रह गरे ।

२७ वर्षीय दाहाल चञ्चले स्वभावका छन् । परिवारका अनुसार मोवाइल, चप्पल समेत कोठा मै भेटिएको छ । उनका साथीहरुले दिएको जानकारी अनुसार प्रकाश माथिको कपडा समेत नलगाई हिडेका छन् । उनको खोजीका लागि दमक प्रहरीमा परिवारले निवेदन दिएको बुबा इन्द्रप्रसादले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here