मधेशकेन्द्रित चिनियाँ मिशन

0
1093

अमृत शर्मा
चीनले पहाडी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको र हुम्लामा ९ वटा भवनसमेत निर्माण गरिसकेको खबरले देश तातेको अवस्थामा चीनले मधेसमा प्रवेश पाउने राम्रो मौकाको प्रतीक्षामा रहेको भन्दै अन्तर्राष्ट्रिय मामलाका विज्ञहरुले सचेत गराएका छन् । विज्ञहरुले चीन कुनै समय राम्रो मौका हात पारेर मधेसमा प्रवेश गर्न सक्ने बताइरहेका छन् । चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चामो नेपाली भूमिमा अवैध रुपमा भौतिक संरचना बनाएको छ । जसको चौतर्फी विरोध भयो । तत्कालीन कम्युनिस्ट सरकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा छानविन समिति बनाएर अध्ययन गराउँदा चीनले कब्जा नगरेको निष्कर्ष निकालेको थियो ।
जानकारहरुका अनुसार तत्कालीन कम्युनिस्ट सरकारकै पालामा पहाडी क्षेत्रमा प्रवेश पाएको चीनले फेरी केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले अथवा चीनको विश्वासपात्र उपेन्द« यादवको सहयोगमा कुनै बेला कुनै रुपमा मधेस प्रवेश गर्न सक्छन् ।

मधेसको चीनसँग मित्रताको सुरुवात

२०७४ साउनमा आएको बाढीले तराई मधेसमा निकै क्षति भयो । मधेसमा देश, विदेशबाट राहत पुगिरहेको थियो । त्यसमा चीनले पनि सहयोग गर्न चाहेको थियो । तर कसको माध्यमबाट सहयोग गरे उसलाई फाइदा हुन्छ भनी उपयुक्त पात्रको खोजीमा थियो ।
मधेसमा सहयोगका लागि तत्कालिन राजपा नेपाल नै उपयुक्त पात्र हुनसक्छ भन्ने आँकलन चीनले गर्यो र नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिले तत्कालिन राजपा नेपालका अध्यक्षमण्डलका तत्कालीन संयोजक महन्थ ठाकुरसँग भेट गरे । भेटमा उनीहरुले तराई मधेसमा दिने राहतको वितरणका लागि सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए ।

त्यो आग्रह अध्यक्ष ठाकुरले तत्काल स्वीकार गरेनन् । पार्टीमा छलफल गरी जानकारी गराउने भनेर ठाकुरले चिनियाँ प्रतिनिधिलाई फर्काएका थिए । त्यसपछि ठाकुरले भारतीय दूतावासमा फोन गरी चीनले गरेको आग्रह बारेमा जानकारी गराएका थिए ।
राजपा नेपालका एक नेताले भने, ‘त्यसपछि दूतावासले राहत लिँदैमा केही हुँदैन तर त्यसमा होस पुर्याउनु होला भन्यो ।’ त्यसपछि ठाकुरले पार्टीका अन्य नेता तथा आफ्ना निकटका व्यक्तिसँग पनि सल्लाह गरे । सबैले यस्तो बेलामा राहत लिएर वितरण गर्दा राम्रो नै हुने सल्लाह दिएपछि ठाकुरले त्यो लिन स्वीकार गरेको स्रोतले बताएका थिए ।

तर राहतको प्याकेज चाहिँ लिएनन् । राहतका लागि वितरण गर्ने सामग्री राजपा नेपालले आफै खरिद गर्यो र त्यसको बिल चिनियाँ दुतावासमा पेस गरेको थियो । यो एउटा उदाहरण मात्र हो ।

पछिल्लो समय पार्टीका महासचिव राजिव झा र केन्द्रीय सदस्य अनिल महासेठले तराई मधेसको क्षेत्रमा चलाएको सीमा जागरण अभियान त्यसैको एउटा कडी रहेको स्रोतले जनाएको छ । राजेन्द्र महतो निकट रहेका राजिव झाको चीनसँग राम्रो सम्बन्ध रहेको छ । उनले नै राजेन्द्र महतो र अनिल महासेठलाई चीनसँग जोडेको राजपा नेपाल स्रोतले जनाएको छ ।

त्यसबेलादेखि चीन र तत्कालिन राजपाको ‘कनेक्सन’ जोडिएको हो । यद्यपि चीनले राजपा नेपालसँग पनि घुलमिल हुन निकै प्रयास गर्यो तर सफल भइरहेको थिएन । चीनले आफ्नो प्रयास अझै छाडेको छैन । विभिन्न सूत्रबाट आफ्नो सम्पर्क बढाउँदै गइरहेको छ ।

को थिए सूत्र ?
त्यसको सबभन्दा ठूलो सूत्र डा.राजिव झा भएका थिए । विगत २० वर्षदेखि चीनमा बस्दै आएका धनुषाका डा.झा चीनसँग तत्कालिन राजपालाई सम्बन्ध स्थापित गराउन निकै प्रयास गरेका थिए । उनी यो कार्यमा धेरै हदसम्म सफल पनि भएका थिए । ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर’का निर्देशकसमेत रहेका डा.झा राजपा नेपालका नेताहरूसँग निरन्तर भेटेर चीन–मधेस सम्बन्धको विषयमा ब्रिफिङ गरिरहेका थिए ।
सोही सिलसिलामा डा.झाले २०७५ माघ १९ गते तत्कालिन राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई भेटेका थिए ।‘ चीनले मधेससँग सम्बन्ध बनाउन चाहेको छ, मधेसमा विकास गर्न चाहेको छ’ जस्ता कुरा ठाकुरसमक्ष राखेर चीनप्रति सकारात्मक बनाउन खोजेको थिए झाले ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिएका डा. झा राजपा नेपालका थुप्रै नेताहरूलाई चीनतर्फको सम्बन्धमा सकारात्मक बन्न मनाउनका लागि धेरै हदसम्म सफल पनि भएको बताइएको छ ।

मधेसमा प्रवेश पाउन लगानीको प्रलोभन
चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले मधेसमा प्रवेश विन्दू पाउँन तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का शीर्ष नेताहरूलाई भेट गरी तराई मधेसको विकासमा लगानी बढाउने प्रलोभन देखाएका थिए ।

कुनै समय महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपा नेपालको केन्द्रीय कार्यालयमा नै पुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले तराई मधेसको समग्र विकासका लागि चिनियाँ सरकारले लगानी बढाउने प्रलोभन समेत देखाए ।
तत्कालिन राजपा नेपालका संयोजक राजेन्द्र महतो र अध्यक्ष महन्थ ठाकुर तथा चिनियाँ कम्युनिस्ट पार्टीका एसिया ब्युरोका जनरल डाइरेक्टर मा सियु सङ तथा नेपाल भारत विभागका निर्देशक च्याङ ज्यू क्विङ बीचको सामूहिक भेटवार्तामा चीनको तर्फ बाट उक्त प्रलोभन दिइएको थियो ।

त्यतीखेर मधेसमा थप लगानी बढाउने प्रतिबद्धता पाएका संयोजक महतो चिनियाँ टोलीको प्रस्तावमा सकारात्मक र उत्साहित देखिएका थिए ।
मधेसमा चीनको मिसनलाई अघि बढाउन उपेनद्रले दिएको साथ
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसमा चीनको मिसनलाई अघि बढाउन साथ दिएको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध क्रुद्ध रहेका यादवले पछिल्लो राजनीतिको परिस्थितिको फाइदा उठाउँदै मधेसमा चिनियाँ मिसन सञ्चालन गर्न लागिपरेका हुन ।

मधेशमा विकास र समृद्धिको भाषण ठोकेर सोझा र गरिब जनताको मन बहलाएका यादवले मधेसी जनताको स्वाभिमान ४ करोडमा चिनियाँसँग साटेको आरोप लाग्दै आएको छ ।
नेपालमा राजनीतिक सन्तुलन कायम गर्न पूर्ण कसरत गरिरहेको चीनले उपेन्द्र यादवलाई मधेसी जनतालाई भड्काउन ४ करोड दिएको थियो । पुस १४ गते भैरहवाको होटल मौर्यामा उपेन्द्र यादवले मधेसमा चिनिँया गतिविधि अघि बढाउन चिनियाँ निर्देशन अनुसार चार करोड लिएको सार्वजनिक भएको थियो ।
होटल मौर्यामा चिनियाँ एजेन्टका रुपमा रहेका नेपाली नागरिक मनोजमान श्रेष्ठले नेता यादवलाई उक्त रकम दिएका थिए । श्रेष्ठ अरनिको समाजका अध्यक्ष हुन् । भैरहवा विमानस्थल बनाइरहेको चिनियाँ कम्पनीसँग निकट छन् । भैरहवा विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन कम्पनीले बनाइरहेको छ ।
मधेसका जनताका लागि लड्ने भनेर गएका यादव चीनसंग मिलेर आफ्नै स्वार्थ र सत्ताका लागि केन्द्रित भएपछि तराईमा उनको नेतृत्वविरुद्ध कार्यकर्ता र जनता असन्तुष्ट भएका थिए ।
यसरी करोडौं रुपैयाँको सुपारी पाएपछि नेता यादवले मधेसमा चिनिँया मिसन अघि बढाउन तयारी थाले । चिनियाँ मिसनमा लागेका उपेन्द्रले विभिन्न स्थानमा अनेकन गतिविधि समेत गरेको पाइएको छ ।
नेता यादवले चीनसँगको निकटताकै कारण सर्लाहीमा सर्प पालनमा चिनियाँ व्यावसायी प्रवेश गराएको स्रोतको दाबी छ । सिरहाको दरवार होटललाई ३ वर्षका लागि चिनियाँ व्यवसायीहरुलाई लीजमा दिन समेत नेता यादवले महत्वपूर्ण भूमिका खेलेको स्रोतको दाबी छ ।
यसरी नेता यादवले चिनियाँ लालचमा परेर सोझा जनताको बाहुल्यतालाई कहिले भारतविरुद्ध त कहिले देशकै राजनीतिक किचलोविरुद्ध भड्काउने गरेको पाइएको छ । नेताहरुको मुठ्ठिमा रहेका जनताहरु अब, सचेत भएर अघि बढ्न जरुरी देखिएको छ ।

चीनकै दवावमा राजपा र जसपा एक भएका थिए
तत्कालीन एमाले र माओवादी केन्द्रलाई दवाव दिएर पार्टी एकीकरण गराएको चीनले उपेन्द्र यादव नेतृत्वको तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकरणको लागि दवाव दिएका थिए ।
मधेसी नेताहरु मध्ये चीन निकट मानिने उपेन्द्र यादवकै दवावमा राजपालाई समाजवादी पार्टीमा समायोजन गर्ने तयारी गरिएको थियो । यादवले तत्कालिन राजपा नेपालको अध्यक्षमण्डका सदस्य शरतसिंह भण्डारी र महासचिव केशव झा मार्फत राजपालाई आफ्नो पार्टीमा मिसाउन सफल भएका थिए ।
चीन निकट मानिने राजीव झामार्फत शरतसिंह भण्डारी र महासचिव केशव झाले राजपाभित्र भाँडभैलो मच्चाएर उपेन्द्र यादवको पार्टीमा राजपा नेपाललाई मिसाउन खोजेको भनेर आलोचना समेत भएको थियो । ललितपुरको हात्तिबनस्थित उपेन्द्र यादवको निवासमा बा १४ च २९८० नम्बरको हुण्डाइ गाडीमा आएका चीन निकट मानिने व्यक्तिहरूले पार्टी एकता गर्न दवाव दिएको स्रोतले दावी गरेका थिए ।

सोही बेला राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरतसिंह भण्डारीसहितका नेताहरू उपेन्द्र यादवसँग कुराकानी गर्दै थिए । चिनियाँ प्रतिनिधिहरूलाई देखेपछि महन्थ ठाकुर ‘मेरो दाँत दुख्यो’ भनेर उपेन्द्र यादवको घरबाट निस्किएका थिए ।

राजपालाई चीनको दवावमा मिसाउन खोजेपछि राजकिशोर यादव र अनिलकुमार झाले कसैको दवावमा पार्टीलाई उपेन्द्र यादवको दलमा मिसाउन नसकिने भनेर अडान राखेका थिए । तर, शरतसिंह भण्डारी, महेन्द्र राय यादव र राजेन्द्र महतो उपेन्द्र यादवसँग मिलेर जाने पक्षमा देखिएका थिए ।

यो पनि पढौं
मधेसमा चीन कनेक्सन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here