प्रेमिकासँगको अश्लील फोटो र भिडियो सार्वजनिक गर्दा…

0
565

काठमाडौं ।

आफ्नै केटी साथीको अश्लील फोटो, तथ भिडियो सामाजिक सञ्जालमा पोष्ट एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका–८ घर भई हाल काठमाडौं टोखा, धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेल छन् । उनलाई काभ्रे पाँचखालमा लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाउको छ ।

उनलाई आफ्नो प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो, भिडियोहरू प्रेमिकासँग विवाद भएपछि मोवाइलसमेत खोसेर फेसबुक र इस्ट्राग्राममा पोष्ट गरी चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

जिरेललाई बिद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here