व्यवसायीको मन जितेर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष धनबहादुर तामाङको प्रतिबद्धता

0
737

पथरिशनिश्चरे,

पथरी उद्योग वाणिज्य संघको अध्यक्ष पदमा निर्वाचित धन कुमार तामाङले व्यावसायीको मन जितेर अगाडि बढ्ने बताउनुभएको छ ।

संघको निर्वाचन नतिजा सार्वजनिक भएपछि आयोजित विजय उत्सवको अवसरमा नवनिर्वाचित अध्यक्ष धनबहादुर तामाङले पथरिशनिश्चरे नगरक्षेत्रभित्र उधोग, व्यवसायी र व्यापारीहरूको थुप्रै समस्याहरू रहेका र तिनलाई आफ्नो कार्य कालमा बोलेर भन्दा पनि गरेर सेवा सहयोग गर्न तयार रहेको बताएका हुन् ।

सोहि क्रममा उनले आफूलाई अमुल्य मत दिएर निर्वाचित गर्नुहुने सबै उद्याेगी व्यवसायी हरूलाई धन्यवाद समेत दिएका थिए ।मंगलबार विहान १० बजेदेखि सुरु भएको मतगणनाको अन्तिम परिणाम मध्ये राति पंञ्चायत माविका प्राचार्य अर्जुन बुढाथोकीको संयोजकत्वको निर्वाचन समितिले सार्वजनिक गरेको थियो ।

मत गणनाको अन्तिम परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा गठबन्धनका ओमप्रसाद लिम्बु (५६३ मत)लाई संस्थापन समूहका यादवचन्द्र दुलालले ७६१ मत ल्याएर पराजित गरेका छन् ।
उनी निवर्तमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका थिए । उनले ४ दलीय संयूक्त गठबन्धनका तर्फबाट वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिएका थिए।त्यस्तै, उपाध्यक्षमा संस्थापन समूहकी आशा राईले ७५५ मत ल्याएर गठबन्धनका रविन राईलाई पराजित गरेकीछिन्। पराजित राईले ५९४ मत प्राप्त गरेका थिए ।

यस्तै, महासचिवमा गठबन्धनका राजेन्द्र बस्नेतले ७६० मत प्राप्त गरेर संस्थापनका अशोक साम्पाङलाई जितेका थिए । निकटतम प्रतिद्वन्द्वी संस्थापनका अशोक कुमार राईले ५८७ मत पाएका हुन् । नवनिर्वाचित महासचिव राजेन्द्र यस अघिको निवर्तमान कार्य समितिका कोषाध्यक्ष थिए ।

सचिवको लागि भएको निर्वाचनमा संस्थापनका ईश्वरी सापकोटाले ५५७ मत प्राप्त गरेर विजय हासिल गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका खेमनाथ ढुंगेलले ४५३ र स्वतन्त्र उम्मेदवार टुङकुमार श्रेष्ठले २७१ मत प्राप्त गरेका थिए । उद्योग सचिव पदका लागि गठबन्धनका प्रेम प्रसाद सुवेदीले ६७० मत पाएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी
मानबहादुर श्रेष्ठले ६४५ मत ल्याउनु भयो ।

कोषाध्यक्षमा गठबन्धनका बिजयजंग बस्नेतले ७६२ मत ल्याएर जितेका हुन् भने प्रगतिशीलका उद्दवराज बस्नेतले ५४० मत प्राप्त गरेका थिए । चार खुला सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनका तुलसी लुनिया (६११) , र ईन्द्र बहादुर राई आईबी ले ६५६ मत ल्याएर निर्वाचित भएका हुन् भने संस्थापन तर्फबाट निलम बस्नेतले ७२१ मत र हरिराज प्याकुरेल ले ६०३ मत पाएर विजय हासिल गरेका छन् ।

यसैगरि ,दुई महिला सदस्यका लागि भएको निर्वाचनमा संस्थापन समुहकी देवी राईले विजेता सबै भन्दा बढी मत प्राप्त गरेकी छिन् । उनले ८६१ मत ल्याएर पुनः महिला सदस्य म विजय हासिल गरेकी छिन। उनी निवर्तमान कार्यसमितिकी महिला सदस्य समेत थिईन । साथै, अर्को महिला सदस्यमा गठबन्धन प्यानलकी जुनी थपलियाले ६७७ मत प्राप्त गरी विजयी भएकी हुन् ।

यस्तै, लेखा संयोजकका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार कृष्णप्रसाद भट्टराई ७२५ मत विजय हासिल गरेका छन्। त्यस्तै , दुई लेखा सदस्यका लागि गठबन्धनका प्रदिप पराजुली६८७ मतले विजयी भएका छन् भने संस्थापन पक्षका उम्मेदवार एल्सन बास्तोलाले६४० मत प्राप्त गरी विजयी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here