बिर्तामोडका २२१० व्यवसायी तथा मजदुरले कोरोना विरुद्धको खोप लगाए

0
461

बिर्तामोड ।

बिर्तामोड उद्योग वाणिज्य संघले संघमा आवद्ध दुई हजार २१० जना ब्यवसायी तथा मजदुरलाई कोरोना विरुद्धको खोप लगाइएको छ । संघको पहलमा शनिबार र आइतबार भेरोसिल खोपको पहिलो मात्र लगाइएको हो ।

पूर्वको ब्यस्त शहरको रुपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई दुई दिन कोरोना विरुद्धको खोप लगाइएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिए । दुई चरणमा दुई हजार २१० ब्यवसायी तथा मजदुरलाई खोप लगाइएको बताए ।

संघका प्रवक्ता संजीव घिमिरेका अनुसार खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८/०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी अनिर्वाय गरिएको थियो ।

खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइएको संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए । संघको कार्यलयमा बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने कार्यक्रममा व्यसायी तथा मजदुरहरुको उत्साहजनक सहभागिता रहेको रहेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघले आफ्नै पहलमा ब्यवसायीहरुलाई खोप लगाउन पहल गरेसंगै ब्यवसायी तथा मजदुरहरुले खुशी ब्यक्त गरे । चार हजारबढी ब्यवसायी संघमा आवद्ध रहेको भन्दै संघका महासचिव अर्जुनकुमार मैनालीले पहिलो चरणको खोप लगत्तै बाँकी रहेका व्यवसायीलाई पनि छिटो खोपको प्रवन्ध गर्न वाणिज्य संघ लाग्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here