आज मोरङको वेलवारीमा नेतृ रामकुमारी झाँक्री आउँदै

0
713

पथरिशनिश्चरे,

नेकपा एकीकृत समाजवादीकी नेता समेत रहेकी वामपन्थी आन्दोलनकी चर्चित नेतृ रामकुमारी झाँक्री मोरङको बेलवारी आउँदै हुनुहुन्छ ।

आज शनिवार युवा संघ नेपाल बेलवारीको नगर कमिटीले आयोजना गर्ने घोषणा सभालाई सम्बोधन गर्न आउन लागेकी हुन् ।

बेलवारी १ स्थित बौद्ध गुम्वामा बिहान ११ बजेदेखि हुने सभाकी प्रमुख बक्ता नेतृ झाँक्रीले दलको भावी चुनावी रणनीति र कार्यनीति बारेमा बताउदै युवाहरुलाई संगठित रहन प्रशिक्षण दिने संघ नेपाल बेलबारी नगर कमिटीअध्यक्ष हेमन्त गुरुङले जानकारी दिएका छन् ।

अनेरास्ववियुको पहिलो अध्यक्ष समेत रहेकी नेतृ झाँक्रीलाई पाच सय बढी युवाहरुले स्कटीङ गरी बिराटनगर विमानस्थलबाट कार्यक्रम हुने स्थानसम्म ल्याइने कार्यक्रम रहेकाे युवा संघ नेपालका केन्द्रीय सदस्य चरण गुरुङले बताउनुभयो।

झापा, मोरङ, सुन्सरी , लगायत प्रदेश नं-१ का एकीकृत समाजवादीमा आवद्ध यूवा , नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने पथरीशनिश्चरे नगरकमिटीका अध्यक्ष तुलसी राम ढकालले जानकारी दिनुभयो । पथरीशनिश्चरे क्षेत्रबाट यूवा संघ, अनेमसंघ, उपल्लो तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहने बताइएको छ ।

उक्त सभालाई प्रदेश नं-१ का लागि प्रदेश प्रमुखका सम्भावित नेकपा-समाजवादीको संसदीय दलका नेता राजेन्द्र राई , यूवा संघ, नेपालका केन्द्रीय नेताहरुको उपस्थिति हुने जनाइएको छ ।

साथै , युवाहरुको कार्यक्रमलाई सफल बनाउन नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्हाकार तथा पुर्वसांसद हर्कमान तामाङ्ग ,संविधान सभा सदस्य चन्द्र बहादुर गुरुङ,युवा नेता प्रेमराज भारती,चरण गुरुङ वरिष्ठ नेता कमल कोइराला, भुपाल बस्नेत,अर्जुन गिरी,नेता फणिन्द्र थापा,विधार्थी नेताहरु मिलन बस्नेत,,सन्तोष लिम्बु समेतको सहभागीता रहनेछ ।
गत भदौ ३१ गतेदेखि नै निकै सकृय देखिएको वेलवारी नगरकमिटी हेमन्त गुरुङको अध्यक्षतामा गठन भएको थियो । उक्त १५१ सदस्यीय बेलबारी नगर कमिटी गठन भएपछि रक्तदान लगायतका बिभिन्न कार्यक्रमहरु सम्पन्न गरीसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here