चीनकाे हतास मनोदशा

0
445

भानु भट्टराई,
झापा ।

दक्षिण पूर्व एशियाको भू-भूपरिवेष्ठित राष्ट्र नेपाल विश्व राजनैतिक मञ्चमा एकाएक चर्चामा आएको छ। विश्व सक्ती राष्ट्र चीन र भारतको केन्द्रमा रहेको राष्ट्र नेपाल पूर्वी एसियामा मात्र होइन वासिङ्टन,बेइजिङ्ग,ह्वाइट हाउस नयाँ दिल्ली र अन्य सक्ती राष्ट्रहरूको चासो र निगरानीको विषय बनेको देखिन्छ ।

विश्वमा छाएको पुँजीवादी लोकतन्त्र बाद र साम्यवादी निरङ्कुशबाद सिद्धान्तको बीचबाट नेपालले आफुलाई डोर्याउदै आयको छ । असंलग्न परराष्ट्र नीति तय गरेको नेपालले दुवै छिमेकी राष्ट्रको अस्तित्व स्विकार गर्दै कोही सँग प्रत्यक्ष संलग्न नहुने र कुनै अन्तराष्ट्रिय विवाद आयमा त्यसको मध्यमार्ग नीति अबलम्बन गरेको छ।

चीन र भारतको बीचमा अवस्थित नेपालले दुवै छिमेकी राष्ट्रलाई रिझाएर उनीहरूको विकास र समृद्धिको फाइदा आफूले लिन सक्नु पर्ने हुन्छ । एउटा विशाल नदीबाट तर्न जसरी नदीमा पुल निर्माण गरिन्छ त्यसरी नै दुई सक्ती राष्ट्रहरूको बीचमा संवाद र मित्रता कायम राख्दै नेपालले राजनैतिक असंलग्न राष्ट्रिय पुलको भूमिका निर्वाह गर्न सक्नु पर्छ।

नेपाल आदि कालदेखि नै दुवै छिमेकी देसलाई आफ्नो असल छिमेकी को परिचय दिलाउन सफल भइआएको छ। तर सन् २०२० देखि यता नेपालको आन्तरिक मामिलामा छिमेकी देश चीन को संलग्नता र भूमिका मा एकाएक परिवर्तन आयको देखिन्छ। आजै मात्र चीनकी राजदुतले नेपालको राष्ट्रपति भवनमा चीनका राष्ट्रपति सी जीन पिङ को राजनैतिक मार्गचित्र को व्याख्या र विमोचनले चीनको हतास मनोदशा लाई इङकित गर्छ।

अहिले चीन सि जिन पिङको दर्शनको व्याख्या र प्रचार प्रसारमा केन्द्रित भएको देखिन्छ।दक्षिण पूर्व एशिया को क्षत्रिय संघठन सार्क SAARC मा आफ्नो उपस्थिति नहुने भए देखिनै चीन कुनै न कुनै रूप,भूमिका, सर्त वा सम्झौताको बहानामा नेपालमा परोक्ष रुपमा उपस्थित हुन चाहान्छ । नेपालका विकासका हरेक परियोजनामा आफूलाई प्रत्यक्ष सहभागी बनाउनु चीनको दक्षिण पूर्व एशिया प्रवेशको रणनिती हुनसक्ने विज्ञहरुको बुझाइ छ।

जसरी अमेरिका र युरोपले चीनलाई विश्व को आर्थिक र सामाजिक क्षेत्रबाट एक्लो पार्ने रणनिती लिएका छन् त्यसको प्रतिरक्षा र जवाफी रणनीतिमा चीन नेपाललाई प्रवेश मार्गको रुपमा लिँदै दक्षिण पूर्व एशिया मा भारतलाई घेराबन्दी गर्ने रणनीतिमा देखिन्छ।

चीन “नेपाल,श्रीलङ्का,अफगानिस्तान,पाकिस्तान र बंगलादेश मा आफ्नो भूमिका सक्रिय बनाइरहेको देखिन्छ।साना साना विकासे गतिविधी बाट प्रवेश गर्दै ठूलठूला राष्ट्रिय गौरब का आयोजनामा आफ्नो उपस्थिति देखाउनु चीनको गोप्य वैदेशिक रणनिती हुन सक्ने कुराको अनुमान दक्षिण पूर्व एशिया का जानकारहरूको बुझाइ छ।

विश्व सक्ती राष्ट्रहरूको स्वार्थबाट विमुख रही आफ्नो राष्ट्रिय अखण्डता स्वाधीनता र सार्वभौमसत्ताको रक्षा गर्दै राष्ट्रिय विकासमा केन्द्रित हुनु नै नेपाल र नेपालीको लागि स्वर्णिम अवसर हुन सक्छ । आदिम कालदेखिको नेपाल भारत सम्बन्ध लाई जीवन्त राख्दै सबै सक्ती र छिमेकी देश हरुसंग सुमधुर सम्बन्ध कायम राख्नु नै नेपाल र नेपालीको रणनिती हुनु पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here