कपाल प्रत्यारोपणको मोह

0
1058

झापा, गत बर्ष नेपाल पत्रकार महासंघ झापाका सदस्य शिशिर चम्लगाँईले कपाल प्रत्यारोपण गरे । झापा मेचीनगर निवासी पत्रकार चम्लागाँईले कपाल झर्न थालेपछि उपचार र रोकथामका लागि भन्दै बिर्तामोडमा रहेको ‘एचडी हेयर एण्ड डर्मा केयर प्रालि’ ले सञ्चालन गरेको कपाल प्रत्यारोपण मेलामा सहभागी हुँदै कपाल रोपेका थिए ।

शुरुमा कपाल रोप्दा पहिलाको जस्तै कपाल पलाउला कि नपलाउला भन्ने चिन्ताले आफूलाई सताएको चम्लागाँईले बताए । तर, रोपेको कपालपनि राम्रो हुँदोरहेछ चम्लागाँईले भने– ‘अहिले मैले कपाल रोपेको हो भनेर कस्ले छुट्याउन सक्छ र, दुरुस्तै छ ।’ ‘पहिलो कपाल प्रत्यारोपण मेला’ मा कपाल प्रत्यारोपण गरेका उनी अहिले सन्तुष्ट छन् । कपाल उमार्न उनले यसअघि विभिन्न खाले औषधिको प्रयोग गरे । चम्लागाँईँले भने– अहिले प्रत्यारोपण पछि भने ढुक्क छु । पहिले जसरी नै कपाल पलाउँछ होला भन्ने आश हराएको थियो, प्रत्यारोपण पछि कपाल पलाएको छ, म खुशी छु ।

उनी गत वर्ष ‘एचडी हेयर एण्ड डर्मा केयर प्रालिले कपाल प्रत्यारोपण गर्ने एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीसँगै सशस्त्र प्रहरीका एक कर्मचारीले पनि सोही मेलामा सहभागी भएर कपाल रोपेका थिए । उनी पनि अहिले टाउकाभरि कपाल हुँदा खुशी छन् । पहिला आधा तालु देखिन्थ्यो उनले भने – ‘अहिले कपालले टाउको ढाकेको छ ।’ ग्राहकले कपाल रोप्न उत्साह देखाएपछि यस वर्ष पनि ‘एचडी हेयर एण्ड डर्मा केयर प्रालि’ले दोस्रो ‘कपाल प्रत्यारोपण मेला –२०७८’को आयोजना गरेको छ ।
असोज १५ गतेदेखि शुरु हुने कपाल प्रत्यारोपण मेला २४ गतेसम्म सञ्चालन हुने जनाइएको छ । मेलाको अवसरमा विशेष छुटका साथ कपाल प्रत्यारोपण गरिने वरिष्ठ डर्मालोजिष्ट डा. गुरु पौडेलले बताए । ‘प्रत्यारोपण गर्ने भन्दा मानिसमा डर, त्रास उत्पन्न हुनसक्छ । तर, हामीले गर्ने प्रत्यारोपण प्रविधि फरक छ । दुखाईरहीत र शतप्रतिशत ग्यारेण्टीका साथ प्रत्यारोपण गर्ने छौ’– पौडेलले भने– प्रत्यारोपण पछि ६ महिनासम्म निगरानीमा राख्छौँ । यो अवधिमा गरिने पुनः परीक्षण निःशुल्क उपलब्ध गराउने छौँ । डा. पौडेलको नेतृत्व रहेको टोलीले कपाल प्रत्यारोपण गर्नेछ । एक वर्ष अघिदेखि सञ्चालनमा आएको एचडी हेयर एण्ड डर्मा केयर प्रालिले अहिलेसम्म ५० जना मानिसको सफल कपाल प्रत्यारोपण गरिसकेको डा. पैडेल बताउँछन् । प्रालिमा मुलुकभरबाट बिरामी आउने गरेका छन् । पाँच करोड रुपैयाँको लगानीमा शरु गरिएको ‘हेयर एण्ड डर्मा केयरमा पछिल्लो समय कपाल प्रत्यारोपण गर्नेको संख्या पनि बढ्दै गएको प्रालिको तथ्यांकले देखाउँछ । प्रालिमा आफ्नै कपाल उखालेर आफैँले लगाउनसमेत मिल्ने प्रविधि रहेको छ । प्रविधि र प्राविधिक दुबै विषयलाई ध्यान पु¥याएर सेवा उपलब्ध गराउने प्रालिले जनाएको छ ।

छालाको रोग र सौन्दर्य सम्बन्धी उपचार

प्रालिमा कपाल प्रत्यारोपणसँगै छालाको रोग र सौन्दर्य सम्बन्धी उपचार हुन्छ । मानिसहरु छालाको सुन्दरतालाई लिएर संवेदनशील हुन्छन् । बाहिरी सुन्दरतालाई आकर्षण बनाउने उद्देश्यले सञ्चालित ‘हेयर एण्ड डर्मा केयर प्रालि’ अहिले अधिकांशको रोजाइमा पर्ने गरेको प्रालिका प्रबन्ध निर्देशक डा. मनोज चिमरियाले बताए ।

हेयर एण्ड डर्मा केयर प्रालिमा उच्चस्तरीय प्रविधियुक्त सौन्दर्य ल्याब, छालाको परीक्षण गरी आवश्यकता अनुसारका सौन्दर्य सामान उपलब्ध गराइन्छ । अत्याधुनिक मेसिनद्वारा छालाको जाँच गरिने डा. चिमरियाले बताए । पूर्वमा नै छाला ताथ सौन्दर्यमा आफूले प्रदान गरेको सेवा सबैभन्दा प्रविधियुक्त रहेको दाबी चिमरिया गर्छन् । एचडीमा छालाका सबै किसिमका समस्याको समधान हुनुका साथै ट्याटु तथा जन्मदाग हटाइने सञ्चालक चिमरिया बताउँछन् । चाया, पोतो, डण्डिफोर जस्ता अनुहारका समस्याको सफल उपचार गर्ने उनले बताए । ‘हामी चाहे अनुसारको आकर्षक शरीर पनि बनाउन सक्छौं’– उनले भने– ‘ओठ, आँखा, चिउँडो, नाक, ब्रेष्ट, हिपको आकार मिलाउन सकिने छ । पेट तथा शरीरको बोसो समेत घटाउन मिल्छ । प्रालिमा ब्रेष्ट र हीपको साइज घटाउने बढाउने, प्लास्टिक सर्जरी समेत गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here