चुलाचुली गाउँपालिकामा लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

0
764

चुलाचुली,
सुदूर दक्षिणी (पश्चिमी इलामको चुलाचुली गाउँपालिका वडा नंं १ हात्तिलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै किराँत श्रीजंघा लिपि लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने भएको छ ।

भदौ १ गतेदेखि नै सरकारी कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने भनिए पनि औपचारीक रुपमा भने आज असोज (११ गतेदेखि एक घोषण सभामार्फत उक्त लिम्बु भाषा प्रचलनमा ल्याइएको हो ।
। लिम्बु भाषा सरकारी कामकाजको भाषाको रूपमा प्रयोगमा ल्याउने काम चुलाचुली गाउँपालिकाको हकमा भने यो पहिलो मानिएको छ ।

चुलाचुली गाउपालिका अध्यक्ष प्रदिप चन्द्र राईको प्रमुख आतिथ्यतामा भएको उक्त सभामा चुलाचुली गाउँपालिका उपाध्यक्ष निर्मला दाहाल, मांसेबुङ इलाम वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र कुमार राई, चुलाचुली शिक्षा प्रमुख राम मिश्र, वडा नम्बर २ का अध्यक्ष रण बहादुर लिम्बू, श्रीजंगा लिपिका भाषाविद तथा साहित्यकार ज्ञानोदय लावती, उत्तम योङहाङ, समाजसेवी दल समसेर लावती , सन्तोस तुम्बापो लगायतको उपस्थिति रहेको थियो ।
सोही अवसरमा कार्यालय सहयोगीद्धय पर्वत राई र बीना बस्नेतलाई सम्मान समेत गरिएको थियो । साहित्यकार बिवस बलिभद्र कोईरालाले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता वडा नंं १ का वडाध्यक्ष पुर्ण लावतीको रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here