साफ च्याम्पियनसिपमा नेपालले आज माल्दिभ्सको सामना गर्ने

0
631

काठमाण्डाै,

दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औं संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

मालेमा रहेकाे राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा पाँच राष्ट्रको सहभागिता रहेकाे छ ।

यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको छ । लिगमा पाँच वटै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । र, लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्नेछन् । १३ औं साफको पहिलो दिन आज दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेश खेल्नेछन् भने दोस्रो खेलमा नेपाल र माल्दिभ्स खेल्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here