पथरी आसपासका क्षेत्रमा चोरी बढ्यो

0
599

पथरी,
चाडपर्व नजिकिँए सगैं पूर्वी मोरङको पथरीशनिश्चरे र आसपासका विभिन्न क्षेत्रमा चोरीको घटना बढ्दै गएका छन् ।
सुनको गहना, मोबाइल, नगद , लुगा कपडा , लगायतका सामान चोरी गर्नेहरूको विगविगी बड्दै गएको हो ।
।पथरीशनिश्चरे १ को सुनाखरी चोकस्थित केही दिन अघि पर्शुराम राईको घर फोरेर गहना तथा लगाउने कपडा चोरी भएको छ ।0
यसैगरी , कानेपोखरी—४ का विनोद सुब्बाको घरबाट मोबाइल ९रेड मी० र नगद चोरी भको थियो । सोहि अभियोगमा प्रहरीले पथरीशनिश्चरे ८ शुक्रबारेका विनोद राई, केशव बिक, बिजय माझीलाई नियन्त्रणमा लिईएका छन् ।
त्यस्तै , हप्ताअघि ४ की ७१ बर्बिया दिव्यकुमारी ढुङ्गानाले लगाएर सुतेको बेलामा चार आना बराबरको कानको मारवाडी र मोवाइल समेत चोरले चोरेर लगेको पीडित परिवारले जनाएको छ । ।
त्यस्तै , गत २७ गते राति सूर्यमाया लिम्बुको घरबाट सुनको दुई वटा औँठी, तिलहरी, जग्गा धनिपुर्जा र नागरिकता चोरी भएको थियो ।
घरमा कोही नभएको मौका छोपी दुई वटा कोठा फोरेर राई समुदायको सांस्कृतिक चाडमा लगाउने पैसा र चाँदीको दुई थान हारी, भेटी ९सिक्का पैसा, दुई थान साडिचोला पनि आफ्नो चोरी भएको स्थानीय कर्ण राईले बताएका छन् ।
प्रहरीले खानतलासीका क्रममा चोरी गर्नेले लाइटर छाडेको र त्यही लाइटरको आधारमा चोर पत्ता लगाइ नियन्त्रणमा लिएको छ ।
२० वर्षीय अजय सुब्बाले खोला छेउमा ति सामग्री लुकाएको अवस्थामा प्रहरीले फेला परेपछि निज सुब्बा प्रहरी नियन्त्रणमा रहेका छन् ।
यसैगरी , कानेपोखरी क्षेत्रमा चोरी गर्ने एक समूहलाई प्प्रहरीले पक्राऊ गरेको छ । पक्राउ परेका सबैलाई चोरी सम्बन्धी मुद्दामा कारबाही गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here