पथरीशनिश्चरे नगरसभापतिमा रूपनारायण भट्टराई विजयी

0
793

छविराज ढकाल
पथरीशनिश्चरे, नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट पथरीशनिश्चरे नगर कार्यसमितिको सभापति पदमा रूपनारायण भट्टराईले विजय हासिल गरेका छन् ।
आज शनिवार भएको निर्वाचनमा नवनिर्वाचित सभापति भट्टराईले ८२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् ।
कूल १ सय ९९ मत झरेको उक्त निर्वाचनमा देहायबमोजिम निर्वाचन समितिले आज साँझ पछिल्लो मतपरिणाम सार्वजनिक गरेको थियो :-

सभापति- ( १)  – रूपनारायण भट्टराई- ८२  विजयी 

ईश्वर बहादुर थापा -५४
लोक नाथ खरेल -५८

उप सभापति पदमा -(२)  सन्तोष कार्की – १४८  विजय/ सबैभन्दा बढी मत प्राप्त , कूल बहादुर गुरुङ -९३ विजयी

सन्तोष गुरुङ- ३२, किशोर बहादुर बस्नेत -७८

सचिव पदमा– (२) योगराज पाठक -१०८ विजय, सोम बहादुर कटुवाल -१३० विजयी

लक्ष्मी प्रसाद दुलाल- ६८

सह- सचिव पदमा-(२)  खगेन्द्र बहादुर बस्नेत -११९ विजय, सोफिया कटुवाल- १२० विजयी 

सागर बराल – ८५

कोषाध्यक्ष पदमा

-नव निर्वाचित कार्यसमितिको आगामी बैठकले पछि मनोनित गरिने छ  ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई आजै प्रमाण पत्र सहित पदीय जिम्मेवारी दिइएको निर्वाचन समितिका सदस्य प्रेम केडी भट्टराईले जानकारी दिनुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here