एकिकृत समाजवादी रोङको अध्यक्षमा शम्भु दाहाल

0
688

झापा । 

एकिकृत समाजबादी पार्टीले संगठन विस्तारलाई तिब्रता दिएको छ । जिल्ला तथा गाँउ–गाँउमा संगठन विस्तार गर्दै आएको सो पार्टीले इलाममा पनि संगठन विस्तार गरिरहेको छ । सोही क्रममा शनिवार इलामको रोङ गाँउपालिकामा समेत पार्टीको संगठन विस्तार भएको छ ।

समाजवादी पार्टीको अध्यक्षमा युवा नेता शम्भु दाहाल चयन भएका छन् । ५१ सदस्य कमिटीको उपाध्यक्षमा रुद्र राई, सचिवमा प्रताप राई, स–सचिवमा कुल्दिप खालिङ चयन भएका छन् । साथै गोपाल खतिवडाको नेतृत्वमा ७५ सदस्य युवासंघ पनि गठन भएको नवनिर्वाचित अध्यक्ष दाहालले जानकारी दिए ।

अध्यक्षमा युवा नेता शम्भु दाहाल

तत्कालिन नेकपा एमालेसंगको वैचारिक द्धन्द्धपछि पार्टी भित्र बिद्रोह भएसंगै इलामका अधिकांश युवाहरुको आकर्षण एकिकृत समाजवादी पार्टीमा रहेको अध्यक्ष दाहालले बताए । उनले देशको विकास र सहि नेतृत्वका लागि एकिकृत सामाजवादी रोज्नुको विकल्प नभएको उल्लेख गरे ।

एमालेका अध्यक्ष केपी ओलीले मनोपोली गरेका कारण पार्टी विभाजनको अवस्थामा पुगेको र पार्टी विभाजनको मुख्य दोषि ओली नै भएका आरोप समेत लगाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here