झापामा जापानीज भाषाको परीक्षा सम्पन्न

0
441

झापा ।

कोरोना कहरका कारण थलिएका शैक्षिक पामर्श केन्द्र (कन्सल्टेन्सी)हरु क्रमश चलायमान हुन थालेका छन् ।

कोरोना कहरकै बीच शैक्षिक परामर्श संघ (इक्यान) झापाले जापान जान चहाने विद्यार्थीका लागि परीक्षा सञ्चालन गरेको छ । जापानीज भाषा परीक्षा (जेसर्ट)संग इक्यान झापाले सम्झौता गरेसंगै जापानको उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीका लागि झापाबाटै परीक्षा शुरु भएको हो ।

केही महिना अघि पहिलो परिक्षा सम्पन्न गरेको इक्यानले शनिवार बिर्तामोडमा दोस्रो परीक्षा समेत सम्पन्न गरेको छ । परिक्षामा ९८ जना विद्यार्थी सहभागि भएको इक्यान झापाका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलले जानकारी दिए ।

जापानीज अध्यायगमन कार्यालयबाट मान्यता प्राप्त विद्यार्थी तथा कामदार भिजामा जान चहानेहरुलाई लिइने परीक्षा झापामा नै शुरु भएको कोषध्यक्ष एवम् कोअडिनेटर राजकुमार कार्कीले बताए ।

वर्षमा चार वटा परीक्षा सञ्चालन हुने र यो सम्झौतासंगै राजधानी नै पुग्नुपर्ने बाध्यता हटेको सचिव मदन बुढाथोकीले बताए । परिक्षामा झापासहित पूर्वका विद्यार्थीको उत्सहाजन सहभागिता रहेको अतिरिक्त विभागका प्रमुख अनिल सापकोटाले बताए । लामो समयको बन्दाबन्दी पछि विदेश अध्ययनका लागि खुलेसंगै विद्यार्थी तथा अभिभावकहरुले खुशी ब्यक्त गरेका छन् ।

जापान जान चहाने विद्यार्थीका लागि शैक्षिक परामर्श लिन र परीक्षा दिन अब सहज हुने विश्वास लिइएको इक्यान झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here