अभियुक्तलाई जिवित रहेसम्म कैद सजायको माग

0
351

झापा । 

संखुवासाभाको हत्या काण्डमा सम्लग्नहरुलाई प्रहरीले कर्तव्य ज्यान र चोरी मुद्धा दार्ता गर्दै अनुसन्धान पूरा गरेको छ ।

संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै परिवारका ५ जनाको हत्या प्रकरणमा प्रहरीले एक महिना लामो अनुसन्धान पछि हत्यामा सम्लग्नहरुलाई ज्यान मुद्धा र चोरी कसुर अन्तरगत मुद्धा दर्ता गराएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले घटना सम्लग्न पाँच जनालाई कतव्य ज्या नर चोरी मुद्धा लगाएको हो । जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन वुझएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताएका छन् ।

सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदन जिल्ला अदालत संखुवासभामा मुद्धा दर्ता गराएको छ । प्रतिवादीहरुसंग अदालतले वयान लिन शुरु गरेको बताइएको छ । अदालतमा भएको बयान र प्रहरीसंगको वयानमा मिल्दो जुल्दो आएको सरकारी वकिल कार्यालय संखुवासभाका प्रमुख उत्तम श्रेष्ठले जानकारी दिए । घटनामा सम्लग्न अभियुक्तहरुले प्रहरी र अदालत समक्ष घटना स्वीकार गरेको श्रोतले बताएको छ ।

गत भदै २१ गते ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजवहादुर कार्की उनकी श्रमिती ५२ वर्षीया कमला कार्की , ३२ वर्षीया रञ्जना कार्की, आठ वर्षीय विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको शव फेला परेको थियो ।

एकै परिवारका पाँच जनाको हत्या भएपछि प्रदेश प्रहरी कार्यालय बिराटनगर, संघीय प्रहरी इकाई धरान, राष्ट्रिय अनुसन्धान विभाग सिआईवीको टोली खटिएको थियो । हत्या भएको पाँच दिनपछि घटनाका मुख्य अभियुक्त भनेर प्रहरीले २५ वर्षीय लोकवहादुर कार्कीलाई सार्वजनिक गरेको थियो ।

अनुसन्धानका क्रममा हत्या भएकी रञ्जना कार्कीको मोवाइल चोरी भएको र प्रहरीले उक्त मोवाइललाई निगरानी जारी राखेको थियो । मोवाइल मुख्य अभियुक्त मानिएका लोकवहादुरका भाईले प्रयोग गरेपछि घटनामा सम्लग्न अन्यको पहिचान गर्न सहज भएको संघीय प्रहरी इकाई धरानका प्रहरी उपरीक्षक भीम दाहालले बताए ।

प्रहरीले घटनामा सम्लग्न ४७ वर्षीय खड्गवहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तवहादुर कार्की, ४९ वर्षीय रणवहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेसंगै घटनामा पाँच जनाको सम्लग्नता रहेको खुलेको थियो । उनीहरुले हत्या लगत्तै चोरी गर्ने समेत योजना बनाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । उनीहरु विरुद्ध सरकारी वकिल कार्यालयले क्रुर र निर्ममता पूर्वक हत्या गरेको अभियोगमा जिवित रहेसम्म कैद सजायको माग गरेको छ ।

त्यस्तै एक जना वालक भएकाले दुई तीहाई मात्र सजाय हुने वताइएको छ । प्रहरीले अनुसन्धानका क्रममा प्रतिवादीको घरबाट भेटेको मृतकले प्रयोग गर्ने मोवाइल, घटनामा प्रयोग भएको छुरी, घाउ चोट, पाँच जनाको मिल्दो जुल्दो सावुती वयानलाई नै मुख्य रुपमा पेश गरेको छ । प्रहरीले घटनामा वरामद भएको टि सर्टमा रगत लागेको र उक्त प्रमाण परीक्षणका लागि प्रहरीको ल्यावमा पठाइपनि रिपोर्ट प्राप्त भइनसकेको जनाइएको छ ।

पक्राउ परेका हरुको थुनछेक वहसपछि प्रतिवादीहरुलाई घरैटीमा रिह ागर्ने , साधारण तारेकमा छाड्ने वा पुरपक्षका लागि थुनामा राख्ने खादेश हुनेछ । संखुवासभा घटनाले प्रहरीलाई चुनौति थपिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुण विसीले बताएका छन् ।

उनले घटनामा सम्लग्नहरुको सुक्ष्म अनुसन्धानले प्रहरीले छिट्टै सफलता हात पारेको दावी गरे । पछिल्लो समय सामुहिक हत्या काण्डका घटनामा परिवार वा नजिकका चिनजानका व्यक्तिहरुको संम्लग्नता वढी देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here