प्रदेश नं १ मा १९२ मा कोरोना सङ्क्रमण

0
298

विराटनगर, 

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here