विष्लेषणः सीमा बिवाद ढाकछोपमा राजदूतको सक्रियता

0
376

हुम्लामा चीनले सीमा मिचेको विरोधमा दिनहु आन्दोलन भइरहेका छन् । देउवा सरकारद्धारा गठित छानविन समितिले सरकारलाई प्रतिवेदन बुझाई सकेको छ । काठमाण्डौंदेखि तराईसम्म युवा आन्दोलनमा छन् । चीनविरुद्ध आक्रोशित बनिरहेका छन् । अहिले भईरहेको आन्दोलनले चिनियाँ राजदूत होउ यान्छीं दवावमा परेकि छिन् । केपी ओली सरकारको पालामा पनि सीमा अतिक्रमणको विषय उठेको थियो तर तत्कालिन अवस्थामा चिनियाँ राजदूतको बढ्दो दवावले हुम्लाको सीमा विवाद दबाउन सफल भएकि थिईन् । देउवा सरकारको सीमा विवाद सम्बन्धी अध्धयन गर्न छानविन समिति बनाएपछि सीमा मिचिएको तथ्य बाहिर आयो र सीमा अतिक्रमणविरुद्ध आन्दोलन सुरु भयो । जनस्तरमासमेत चीनप्रतिको छवि विग्रिएको छ । पहिला चीनलाई राम्रै नजरले हेर्नेहरु पनि सीमा मिचिएको घटनापछि चीनसंग आक्रोसित बन्दै गईरहेका छन् । यसबाट नेपाललाई दवावमा राखेर आफ्नो वर्चस्व जमाउन कोशिस गरिरहेको चीनलाई धक्का लागेको छ ।
चीन संगको सीमा विवाद अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएपछि राजदूत होउ यान्छीको सक्रियता बढेर गएको देखिन्छ । उनले विभिन्न तस्विरहरु पोष्ट गर्दै नेपाल संग ६० वर्ष यता कुनै सीमा विवाद नरहेको बताउदै आएकी छिन् । उनले ऐतिहासिक फोटो र दस्तावेजहरुसमेत उल्लेख गर्दै त्यस्तो दावी गरेकी छिन् । राजदूत यान्छीले कुनैपनि प्रकारको सीमा समस्या नभएको दावी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल सरकारले भने चीनसंगको सीमा समस्याबारे अध्ययन गर्न टोली नै पठाएर प्रतिवेदन तयार गरिसकेको छ । सीमा अध्धयन प्रतिवेदनका आधारमा परराष्ट्रलाई गृह मन्त्रालयले पत्रचार गरिसकेको छ । यसका आधारमा अब परराष्ट्रले चीनसंगको सीमा समस्याबारे कुटनीतिक पहलको प्रक्रिया सुरु गर्ने भएको छ ।

अध्ययन प्रतिवेदन बुझाईसकेपछि चिनियाँ राजदूतको वक्तव्य र दौडधुप सुरु भएको हो । उनले नेपाल र चीनवीच कुनै सीमा विवाद नरहेको भन्दै हुम्ला लगायत उत्तरी सीमामा चीनद्धारा गरिएको सीमा अतिक्रमणलाई लुकाउन खोजिरहेको छ तर नेपाली जनताले राजदूत यान्छीको भनाईलाई आलोचना र विरोध गरिरहेका छन् । उनले हालै परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग भेट गरी नेपाल चीनवीच सीमा विवाद नरहेको र यसलाई बढी नउचाल्न दवाव दिएकी थिईन् । यो उतारचढावले चीनसंगको सीमा विवाद थप पेचिलो बन्दै गईरहेको छ। चीनसंगको सीमा विवादको वस्तुस्थितिलाई सम्पूर्ण जनता सामु पुर्याउनुपर्ने मागहरु उठ्न थालेका छन् । स्थानीय प्रशाशन , स्थानीय तहदेखि संघीय संसदका प्रतिनिधिले चीनसंगको सीमा अतिक्रमण विवादको बारेमा चासो राख्नुपर्ने देखिन्छ ।

नेपालसंग सीमा जोडिएको भू–भागमा करिब ३६ हेक्टर जमिन अतिक्रमण भएको तथ्यहरु सार्वजनिक भएका छन् । चिनियाँ पक्षले नेपालको जमिनमा धमाधम संरचनाहरु निर्माण गरिरहेको छ ती संरचनाहरु सबै नेपाली जमिनमा पर्ने स्थानीय बासिन्दा तथा सिमाविद्हरु बताउँछन् । सरकारले सीमा अध्ययन समिति गठन गरेदेखि नै चीनले नेपालका राजनैतिक दलका नेतादेखि सरकारका कर्मचारीहरुलाई पनि सीमा विवादको विषयमा कुरा नउठाउन दवाव सिर्जना गर्दै आइरहेको थियो । यसैलाई निरन्तरता दिदै हाल चिनियाँ राजदुत होउ यान्छीले नेपालसंग सीमा विवाद नभएको बताउँदै आईरहेकि छिन् तर यसमा नेपाली जनताले विश्वास गर्ने आधार नभेटिएको जानकारहरु बताउँछन् ।
एजेन्सीहरुको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here