ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

0
355

संखुवासभा।

संखुवासभाको खादबारी नगरपालिका–२ चेवास्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते भएका छन् ।

मृत्यु हुनेमा चालक संखुवासभा खादबारी नगरपालिका ५ लेलुवाका २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ ।

चेवाबाट चारबर तर्फ जादै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसि दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी मानेभन्ज्याङबाट प्रहरी टोली खटि गई दुवै जना घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खादबारीमा पठाईएको हो ।

सो दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको थियो ।

ट्याक्टर घटनास्थलमा नै रहेकोले निकाल्न पहल भईरहेको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here