‘सहमतीय राजनीति आवश्यक’

0
551

बिर्तामोड। 

नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले सहमतीय प्रणालीको राजनीति मुलुकको आवश्यकता भएको बताएका छन् !

नेपाली कांग्रेस बिर्तामोड नगरपालिका अन्तर्गत २ नं. वडाको आयोजनामा बिर्तामोडमा सम्पन्न शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शिवाकोटीले १४औं महाधिवेशनमा देउमान थेबेलाई जिल्ला सभापति बनाउने भद्र सहमति १३आंै महाधिवेशनमा भएको खुलासा समेत गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले १३औं महाधिवेशनमा सभापतिका दाबेदार उद्धब थापा र देउमान थेबेबीच सहमति कायम गरेर निर्बिरोध नेतृत्व चयन गर्न १४औं महाधिवेशनमा थेबेलाई सभापति बनाउने सहमति भएको बताए । सहमतिको कागजमा थेबेका तर्फबाट बिश्वप्रकाश शर्मा, केशबकुमार बुढाथोकी, नरेन्द्रबिक्रम नेम्बाङ, गोपाल बुढाथोकी र उद्धब थापाका तर्फबाट आफू र डिल्लीप्रसाद सिटौलाले लिखित हस्ताक्षर गरेको शिवाकोटीले बताए ।

कार्यक्रमका विशेष अतिथि एवम् नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले एकता, मेलमिलाप र सहकार्यबाट मात्र संगठन बलियो हुने बताए ! एमालेको अत्याचारका बिरुद्ध कांग्रेस कार्यकर्ता एकजुट भएर लड्नु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

२ नम्बर वडा सभापति देबी खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य गोपालकुमार बस्नेत, देउमान थेबे, पार्वता गिरी, २ नं. क्षेत्रीय सभापति खगेन्द्र मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बद्री भट्टराईले स्वागत र चित्रकला ओलीले सञ्चालन गरेका थिए ।

कांग्रेसको १४औं महाधिवेशनको संघारमा जिल्लाका १३१ वटै वडाहरुमा आयोजित चियापान र शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका विभिन्न तहका उम्मेदवारहरु आ–आफ्नो मत माग्दै कार्यकर्ताको माझमा पुगिरहेको नेपाली कांग्रेस झापा जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाँईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here