सेतो छडी दिवसमा नेत्रहीन संघ झापालाई सहयोग

0
566

झापा ।

विजयादशमी तथा सेतो छडी दिवसको अवसरमा आइतवार उद्योगी दुर्गा प्रसाईले नेत्रहीन संघ झापालाई नगदसहित विभिन्न सामग्री प्रदान गरेका छन् ।

बिर्तामोड–३मा रहेको झापा नेत्रहीन संघको आयोजनामा सेतो छडी तथा दशैँको पूर्वसन्ध्यामा आयोजित शुभकामना कार्यक्रममा बोल्दै वीएण्डसी अस्पतालका कार्यकारी निर्देशक प्रसाईले नगद ७९ हजार, सेतो छडी र ब्रेल पेपर एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले दृष्टिबिहीनहरुको निःशुल्क स्वास्थ बिमा र पूर्वाञ्चल क्यान्सर अस्पतालमा ५० प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाए । संघका संस्थापक अध्यक्ष खेम रेग्मी तथा पूर्व अध्यक्ष द्रोणाचार्य निरौलाले अपाङ्गता भएका व्यक्तिले अस्पताल जाँदा पाएका दुःखको स्मरण गराउँदै अपाङ्गता भएका व्यक्तिलाई राज्यले समेत कुनै स्थान नदिएको गुनासो गरेका थिए ।

१ सय ५ जना सदस्य रहेको संघको कार्यालयमा हाल अडियो पुस्तकालय, कम्प्युटर, संगीत लगायत गतिविधि हुँदै आएको छ । संघका व्यवस्थापन समिति अध्यक्ष सृजना बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष होमनाथ राजवंशीले स्वागत तथा सञ्चालन सचिव भोजकुमार तामाङले गरेका थिए ।

यसअघि प्रसाईंले झापाको बिर्तामोड–३मा रहेको तालिमुल मदरसालाई जग्गासहित भवन निर्माण गरिदिने घोषणा गरेका थिए । प्रसाईले मुस्लिम बालबालिका अध्ययनरत् मदरसाले निर्माण गर्न लागेको जग्गामा २५ लाख मूल्य बराबरको १ कठ्ठा र आफ्ना पितृको नाममा एउटा भवन निर्माण गरिदिने घोषणा गरेका हुन् । बिद्यालय परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रसाईले सो घोषणा गरेका हुन् ।

बिर्तामोड नगरपालिकामा मुस्लिम बालबालिका अध्ययन गर्ने धार्मिक बिद्यालय भएकाले हामी सबैको साझा सम्पत्तिको रुपमा बिकास गर्नुपर्ने प्रसाइले बताए । बालबालिका अभिभावक र स्थानीयले स्वागत गर्दै प्रसाईंलाई बिद्यालयको बिकासका लागि सहयोग गरिदिन आग्रह गरेका थिए ।

कार्यक्रममा स्थानीय युवा तथा दाता कैलाश प्रसाईंको विशेष आतिथ्य तथा बिद्यालयका संस्थापक अध्यक्ष गुलाम नवीको अध्यक्षता रहेको थियो । शिक्षक मानुसी राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अफ्रोज खानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here