इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैको आभाष

0
408

बिराटनगर, जताततै दशैको रौनक छ । घर घरमा दशै भित्रिएको छ । तर इटहरी २ को एकैघरका १सय २ जनालाई भने अष्टमीको दिन सम्म पनि दशै आएको थिएन । न नयाँ नाना थियो,न मासु खाना । एक सय दुईजना सडक मानवलाई आश्रय दिईरहेको इटहरी स्थित मायाँघरमा स्थानीय सरकार इटहरी उपमहानगरपालिका पुगेपछि मात्र दशैको आभाष भएको छ । उपमहानगरपालिकाको तर्फवाट उपप्रमुख लक्ष्मी गौतम पुगेपछि मायाँघरमा वल्ल दशै आएको छ ।

अष्टमीको दिन त्यहाँका सवै १०२ जनाका लागि नयाँ लुगा र मासुखानाको ब्यवस्था सहित उपमहानगरको तर्फवाट उपप्रमुख गौतम मायाँघर पुग्नुभएको हो । उपप्रमुख गौतमले सवैलाई कपडा र खाना दिनुभयो । उहाँले सवैजना घर घरमा दशैको उमंगमा रमाइरहेका वेला मायाँघरमा आश्रित एकसय दुईजनाका लागि इटहरी उपमहानगरपालिकाले दशैको अनुभूति गराउने कोशिष गरेको वताउनुभयो ।

मायाँघरकी सचिव सुभद्रा प्याकुरेलले मायाँघरमा वल्ल दशै आएको प्रतिक्रिया जनाउनुभयो । अपठयारो परेको वेला उपमहानगरको तर्फवाट सहयोग लिएर उपप्रमुख आइरहदा मायाँघरलाई सजिलो हुने गरेको उहाँको भनाई छ ।मायाँघरले मानसिक सन्तुलन ठीक नभएर असहाय रुपमा सडकमा वस्न वाध्य महिला तथा वालवालिकालाई आश्रय दिदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here