आज विजया दशमीको तेस्रो दिन: टिका थाप्नेक्रम जारी, सरकारी कार्यालय आजबाट खुल्दै

0
636

झापा, आज विजया दशमीको तेस्रो दिन । आज पनि आफन्तजन तथा मान्यजनबाट टिका लगाउने र आर्शिवाद लिनेक्रम जारी रहन्छ । विजयादशमीका दिन टिका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टिका लगाउने परम्परा छ ।

पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दसै मनाइँदै आएको छ ।

घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पुजाआराधना गरेर राखिएको जमरासहितको टिका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ ।

यसैबीच दसैँको अवधिमा बन्द रहेका सरकारी कायाृलयहरु आजबाट खुल्दैछन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दसैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किनेछन् । पर्व मनाउन आ– आफ्नो पुख्यौली थलो गएकाहरु कर्मथलो फर्कने क्रम सुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here