राजेश हमालः वर्षमा दुई बोत्तल बियर, ८ घन्टा  सुत्ने,  अन्न र चिनि बन्द

0
451

नेपाली फिल्मका सबैभन्दा चर्चित अनुहार हुन्, राजेश हमाल । उनलाई वृद्ददेखि बच्चासम्मले चिन्छन् । उनका फिल्मै नहेरेका मानिसले पनि उनको नाम सुनेकै छन् । आफ्नो करिअरमा तीन सयको आसपासमा फिल्ममा काम गरेका उनी आजकाल भने अभिनयमा खासै सक्रिय छैनन् । तर, उनी ४ वर्षपछि फिल्म ‘सत्यम्’ बाट अभिनयमा पुनरागमन गर्ने तयारीमा छन् । 

उमेरले ५० नाघेपछि विवाह बन्धनमा बाँधिएका राजेश हमाल अहिले उमेरले ६० पुगनपुग भइसकेका छन् । तर, उनलाई हेर्दा २५ वर्षको लक्का जवानभन्दा कम देखिन्न । उनी जहिल्यै तन्दुरुस्त र फुर्तिलो देखिन्छन् । यसैले त उनी कसैले उमेर सोधिहाल्यो भने एउटै जवाफ फर्काउँछन्, ‘भर्खर २५ वर्ष पुगेँ ।’ खानपिनदेखि व्यायममा हमाल निकै ध्यान दिन्छन् । उनी कफीका त अम्मली नै हुन् ।
आज हामी तपाईंहरुलाई राजेश हमालको जीवनशैली र खानपिनको दैनिकीबारे जानकारी दिँदैछौं । हालै टेलिभिजन कार्यक्रमा ‘ग्ल्यामर गफ’ मा उनले आफ्नो जीवनशैलीको बारेमा बताएका छन् । प्रस्तुत छ राजेश हमालको भनाई जस्ताको त्यस्तै :-
मान्छे कोही पनि आफ्नो उमेरभन्दा कम देखिँदैन । धेरैजसो मान्छेहरु आफ्नो उमेरभन्दा बढी देखिन्छन् । तर, अत्याधिक व्यक्तिहरु खानपिन, दिनचर्या, मनस्थिति, दैनिकी, वातावरणले गर्दा आफ्नो उमेरभन्दा बढी देखिन्छ । यदाकदा केही मान्छेहरु भने आफ्नो उमेरभन्दा कम जस्तो देखिन सक्छ । नत्र मान्छे त आफ्नो उमेरभन्दा कम कहाँ देखिन्छ र ? जुन उमेरको म हुँ त्यो उमेर त मैले बोकेकै छु । यदी कुनै साइनटिस्टले मेरो दाँत, छाला वा नंग लगेर जाँच्यो भने उसले मेरो वास्तविक उमेर बताइदिन्छ । त्यो लुकाएर पनि लुक्दैन ।
म बिहान यतिखेर उतिखेर भन्ने भन्दा पनि ८ घन्टा चाहिँ मज्जाले सुत्छु । पहिला-पहिला चाहिँ म सोच्थेँ भने जति बजे सुत्न गए पनि बिहान चाहिँ ५ बजे नै उठ्नु पर्छ । तर, मानिसलाई पर्याप्त मात्रामा सुत्न एकदमै जरुरी छ । ८ घन्टा सुत्ने भनेको मोवाइलको प्याट्री चार्ज गरे जस्तै हो । ५० प्रतिशत चार्जमा मात्रै मोवाइल लिएर जाने कि शतप्रतिशत चार्ज भएपछि लिएर जाने त्यही अनुसार मोवाइलले पनि काम गर्छ ।
शरीर पनि त्यस्तै नै हो । सुत्न ४ घन्टा सुते पनि थकाई त मर्छ तर त्यो शतप्रतिशत चार्ज भएको हुँदैन । ८ घन्टा मस्त निन्द्रामा सुत्न सक्नु भयो भने तपाईंको शरीर पूर्ण रुपमा चार्ज हुन्छ । एकदमै फ्रेस फिल गर्नुहुन्छ । हामी ८ घन्टा मस्त सुत्न सक्यौं भने अघिल्लो दिनको मनस्थिति र भोलीपल्टको मनस्थितिमा आकाश जमिनको फरक हुनसक्छ । त्यसैले सुत्नलाई म ८ घन्टा सुत्छु ।
मेरो सुत्ने बानी चाहिँ कस्तो छ भने एकपटक सुतेर उठेपछि फेरि सुत्न जाने बेला नभएसम्म खाटमा बस्दा पनि बस्दिनँ । दिउँसो मलाई अलि थकाई लाग्यो भने पनि सोफामा बसेर थकाई मार्छु तर ढाडमा पल्टिन्नँ । ढाडमा पल्टिने काम चाहिँ मेरो राती सुत्ने बेला मात्र हो । त्यसपछि मेरो शरीरलाई के थाहा हुन्छ भने अब यो ढाडमा पल्टियो भनेपछि यसको सुत्ने बेला भयो । तपाईं दिउँसो पनि ढाडमा पल्टिनु हुन्छ, अलिकता समय छ भने पनि ढाडमा पल्टिनु हुन्छ भने तपाईंको शरीर नै कन्फ्यूज हुन्छ कि यो राती सुत्न खोजेको होकि होइन भनेर ।
खानपिनको कुरा गर्ने हो भने म के खानेभन्दा पनि के नखानेमा ध्यान दिन्छु । २/३ वर्षयता म पछिल्लो भोजन गरेको भोलीपल्टको पहिलो भोजना गर्न १६ घन्टाको ग्याप राख्छु । जस्तो कि अघिल्लो राती मैले ८ बजे खाएँ भने भोलीपल्टको १२ बजेभन्दा अगाडि खादिनँ । रातीको १० बजे खाएँ भने भोलीपल्टको २ बजेभन्दा अगाडि खादिनँ ।
म खानपिन एकदमै सादा खान्छु । सकेसम्म आफूलाई थाहा भएको स्रोत र थाहा भएको सादा खानपिनले नै मान्छेलाई राम्रो गर्छ । म साँगपात, तरकारी, मासु खाने गर्छु । तर, सादा बनाएको खान्छु । धेरै चिल्लोचाप्लो खाँदिनँ । धेरै नुन खाँदिनँ । चिनी त खाँदै खाँदिनँ । मैले चिनी नखाएको २५/३० वर्ष नै भइसकेको छ । प्याकेटको चाउचाउ पनि नखाएको त्यस्तै समय भयो ।
मैले मदिरा औसत उमेरभन्दा अगाडिदेखि नै खाना थालेको थिएँ । १६ वर्षको उमेरमा मैले मदिरा सेवन गर्न थालिसकेको थिएँ । र, मैले जे जति खाएँ त्यो १६ वर्षको उमेरदेखि २५ वर्षको उमेरसम्म मात्र खाएँ । तर, २५ वर्षको उमेरपछि मैले सबै कुरा त्यागेँ । त्यो त्याग्नुको कारण के थियो भने मलाई त्यसबेला सोच आयो कि आदत विनाको मान्छे बन्नुपर्छ । यी सबै कुराहरु त आदत हुन् । अनि, मैले २५ वर्षको उमेरपछि यी सबै कुरा छाडेँ, जुन मेरो आदत बन्दै गएका थिएँ । त्यसबेलादेखि मैले हुस्कि त पूरै छोडेँ । तर, वियर भने कहिले काहिँ पिउँछु । वर्षभरीमा मैले २ वोटलभन्दा बढी वियर पिउँदिनँ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here