नेकपा एकीकृत समाजवादीका झापाबाट पाँच र इलामबाट तीन जना केन्द्रीय सदस्यमा मनोनयन,झापा जिल्ला अध्यक्ष रेग्मी घाइते

0
456

झापा, नेकपा एकीकृत समाजवादी०का तीन मन्त्री पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका छन् ।

गत बिहीबार एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशिन अपानि–२० जारी गर्दै विभागीय जिम्मेवारी बाँडफाँट गरेको छ । जसमा तीन मन्त्री विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका ​स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सचिव तथा सहरी विकासमन्त्री
रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ पार्टीमा विभागीय जिम्मेवारीविहीन भएका हुन् ।

तर एक मन्त्री र एक राज्यमन्त्रीले भने पार्टीमा थप जिम्मेवारी पाएका छन् । पार्टीका पोलिटब्युरो सदस्य रहेका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेश सहइञ्चार्जको जिम्मेवारी पाएका छन् । त्यस्तै वैैकल्पिक पोलिटब्युरो सदस्य तथा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले तेह्रथुम जिल्ला इञ्चार्ज पाएका छन् ।

सरकारमा काम गर्ने वतावरण राम्रो बनोस् भनेर तीन मन्त्रीलाई विभागीय जिम्मेवारी नदिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवाडाले बताए ।
यसैबीच नेकपा एकिकृत समाजवादीमा झापाबाट पाँच जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।

समाजवादी पार्टीको केन्द्रीय कमिटीमा पुष्प पोखरेल , लोकबन्धु कन्दङ्वा , इन्द्र बुढाथोकी , शारदा घिमिरे र अशेष घिमिरे मनोनित भएका हुन् । केन्द्रीय सदस्यमा मनोनयन भएका पोखरेल एमालेका पूर्व सांसद हुन् ।
त्यस्तै केन्द्रीय सदस्यमा मनोनयन भएका कन्दङ्वा पनि एमालेमै रहेका थिए । साविक अनारमनी नगरोन्मूख गाविसका उपाध्यक्ष रहेका कन्दङ्वा एमाले छोडेर केही वर्षदेखि स्वतन्त्र बामपन्थी रहेका थिए । बुढाथोकी दमकका पूर्व मेयर हुन् भने मेचीनगर इटाभट्टा निवासी शारदा घिमिरे पूर्व शिक्षिका हुन् । त्यस्तै अशेष घिमिरे अखिलका पूर्व केन्द्रीय नेता हुन् । उनी जनता टेलिभिजनमा आवद्ध रहेका छन् ।

त्यस्तै इलामबाट नेकपा एकिकृत समाजवादीमा तीनजना केन्द्रीय सदस्य मनोनयन भएका छन् । समाजवादी पार्टीको केन्द्रीय कमिटीमा जिल्ला अध्यक्ष भक्त केसी, खिनु लङ्वा र रामचन्द्र पराजुलीलाई मनोयनन गरिएको हो ।


केन्द्रीय सदस्यमा मनोनयन भएका केसी इलामका पुराना कम्युनिष्ट नेता हुन् । उनी नेकपा एमालेका जिल्ला उपाध्यक्ष थिए । एमाले विभाजनपछि बनेको समाजवादी पार्टीको जिल्ला अध्यक्ष रहेका छन् । त्यस्तै केन्द्रीय सदस्यमा मनोनयन भएकी खिनु लङ्वा लिम्बु प्रदेश एकको प्रदेशसभा सदस्य हुन् । इलाम क्षेत्र नम्बर एकको ‘क’ बाट निर्वाचित लङ्वा विकासवादी नेतृको रुपमा मतदातासँग लोकप्रिय छिन् ।
त्यसैगरी समाजवादीका केन्द्रीय सदस्यमा मनोनयन भएका रामचन्द्र पराजुली इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका सेवानिवृत्त सहप्राध्यापक हुन् ।

यता नेकपा एकिकृत समाजवादी पार्टीका झापा जिल्ला अध्यक्ष वेदराज रेग्मी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।

मलामी पुगेर बाह्रदशीको चकचकीस्थित घर फर्कदै गर्दा उनी चढेको मोटरसाइकल आज साँझ बाह्रदशी ७ मा दुर्घटनामा परेको हो । बाटो काट्दै गरेकी बृद्धालाई जोगाउन खोज्दा उनी सवार मोटरसाइकल पल्टिएको थियो । घाइते रेग्मीको बिएण्डसी हस्पिटल बिर्तामोडमा उपचार भइरहेको उनका भतिज तेजप्रसाद रेग्मीले बताए । घाइतेको अनुहारमा चोट लागेको र अबस्था खतरामुक्त रहेको उनले जानकारी दिए ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here