फ्यूचर केमिकल प्योकजिङ उद्योग का थप तीन ‘प्रोडक्ट’ वजारमा

0
298

झापा, फ्यूचर केमिकल प्योकजिङ उद्योग बाह्रदशीले विजया दशमीको अवसर पारेर थप तीन वटा नयाँ ‘प्रोडक्ट’ बजारमा ल्याएको छ ।
यसपालिको चार्ड ‘मिरिफ्रेस’का साथ मनाऔं भन्ने मूल नाराका साथ विजया दशमी दीपावली र छठ पर्बलाई लक्षित गर्दै ग्लास क्लिनर, पिताम्व लिक्वीड र निर बजारमा ल्याएको उद्योगका संचालक चन्दनकुमार चौधरीले बताए । उद्योग स्थापनाको वार्षिक उत्सवको अवसर पारेर बजारमा ल्याएका तीन वटै ‘प्रोडक्ट’ले ग्राहकको मन जित्न सफल हुने बताइएको छ । उद्योगले उत्पादन गरेका तीन वटै ‘प्रोडक्ट’ प्रदेश नम्वर १ भर बजारिकरण गरिसकेको र यसलाई नेपाल भर बिस्तार गरिने बताइएको छ । उद्योगले उत्पादन गरेका सामग्री दराज अनलाइनबाट समेत उपलब्ध हुने उद्योग सञ्चालक चौधरीको भनाई छ । अनलाइन मार्फत नेपालमा जुनसुकै कुनामा यो सामग्री उपलब्ध हुने बताइन्छ ।
यस अघि उद्योगले सेतो फिनेल, कालो फिनेल,फ्लोर फिनेल, ट्वाइलेट क्निर,हेण्डवास जस्ता घरमा अति आवश्यक पर्ने सामग्री वजारमा ल्याएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here