वडा सदस्य चाम्लिङको क्यान्सरका कारण निधन

0
636

इलाम ।

इलामको रोङ गाउँपालिकाकी वडा सदस्य जयकला अधिकारी चाम्लिङको स्तन क्यान्सरका कारण निधन भएको छ ।

रोङ गाउँपालिका वडा नं १ की वडा सदस्य ५५ वर्षिया चाम्लिङको आफ्नै निवास रोङ १ चैनपुरेमा सोमबार बिहान निधन भएको बताइएको छ ।

पिता अभिचन्द्र अधिकारी र माता हिरावाई अधिकारीको सुपुत्रीको रुपमा २०२३ साल कातिक ७ गते जन्मिएकी उनको दौलतकुमार चाम्लिङसँग विवाह भएको थियो ।

उनको छोरा तुलसी , छोरी ज्वाइँहरु सबिता र राज बस्नेत, बबिता र अर्जुन राई , नातिनी साइना राई रहेका छन् । वडा सदस्य चाम्लिङको निधनप्रति दुख व्यक्त गर्दै रोङ गाउँपालिकाले शोक विदा दिएको छ ।

गाउँपालिका कार्यालय , मातहतका सबै वडा कार्यालय , सबै स्वास्थ्य संस्था र सबै शैक्षिक संस्थाहरुमा सोमबार शोक विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here