पूर्वमा आज दिउँसोबाट पेट्रोलियम पदार्थ सहज हुन्छ–अध्यक्ष कोइराला

0
867

बिर्तामोड ।

पूर्वमा आज दिउँसोबाट पेट्रोलियम पदार्थको वितरण सहज हुने बताइएको छ । मेची पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष नविन कोइरालाले भारतबाट ३५० केएल (तीन लाख ५० हजार) लिटर पेट्रोलियम पदार्थ पूर्वका चार जिल्लाका लागि आइरहेको जानकारी दिए ।

आज बिहान पूर्वी नाका काँकरभिट्टा हुदैं चारआली डिपोमा आए लगत्तै सबै पेट्रोल पम्पहरुमा पेट्रोलियम पदार्थ पुग्ने अध्यक्ष कोइरालाले बताए । भारतको नक्सालबारीमा केही प्राविधिक समस्यका कारण रोकिएका पेट्रोलियम पदार्थका सवारी नेपाल आउन थालेको भन्दै अध्यक्ष कोइरालाले उपभोक्तालाई नआत्तिन आग्रह गरे ।

भारतले पर्याप्त मात्रमा पेट्रोलियम पदार्थ दिइरहेकाले अनावश्यक हल्लाको पछि लागेर आवश्यकता भन्दा धेरै पेट्रोलियम पदार्थ सञ्चित नगर्न पनि अध्यक्ष कोइरालाले अनुरोध गरे ।

पूर्वका झापासहित इलाम, पाँचथर र ताप्लेजुङका लागि ३५० केएल पर्याप्त हुने र आज पुनः पेट्रोलियम पदार्थ लिन सवारीहरु गइसकेकाले अब नियमित रुपमा पेट्रोलियम पदार्थ आयात हुने अध्यक्ष कोइरालाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here