मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

0
722

सुनसरी ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ जालपा पेट्रोल पम्प स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् । पश्चिमबाट पूर्व तर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १–०२–००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो ।

सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा सोमबार राती ११ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडी सवार रहेका रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिसेक सरदार समेत घाईते भई उपचार भईरहेको छ ।

उक्त मोटरसाइकलमा तीन जना सवार रहेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here