पथरीक्षेत्रमा पेट्रोलमा व्यापक ठगी, नगरपालिकाद्वारा चेतावनी

0
308

पथरीशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा दशैंमा मौका छोपी सडक किनारमा महंगोमा पेट्रोल बेचेको भन्ने गुनासोका आधारमा नगरपालिका कार्यालयले अनुगमन गरेको छ ।

पथरीशनिश्चरे नगरपालिकास्थित पम्पहरु नभएको र पम्पहरु समेत पेट्रोलको अभाव खड्किएको मौका छोपी दशैंमा आफन्तजनको आशिर्वाद तथा टीका लगाउन जानेआउने मानिसहरबाट प्रचलित मुल्य १ सय २८ रुपैयाँ ९५ पैसा प्रतिलिटर भन्दा बढी ३ सय रुपैयाँ लिएको अनुगमन टोलीले पाएको थियो ।

टोलीले वडा नम्बर १ स्थित पथरी बजारको पूर्व बसस्टेण्ड भन्दा पूर्व उत्तरको चौधरी होटल र वडा नं २ को बुद्धचोकमा सैलुन अगाडि खाटमा प्रतिलिटर तीन सय रुपैयाँमा बिक्री गर्ने व्यपारीहरुलाइ आइन्दा पेट्रोल अभावको मौका नछोप्न सचेत गराएको हो ।

नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा राजस्व शाखा प्रमुख ताराप्रसाद ढकाल तथा नगर प्रहरीको सहभागिता रहेको थियो ।

टोलीले अवका दिनमा कानून विपरित खुला रुपमा पेट्रोल विक्री वितरण नगर्न र वढी मूल्य लिएर डगी गर्नेलाई समेत चेतावनी दिइएको नगर उपप्रमुख वास्तोलाले वताउनुभयो । अनुगमन् टोलीति ठाउँ पुगेपछि १ सय ४० रुपैयाँमा बेचेको भनेर पसलेले ढाँटेका थिए । चिसो पेय पदार्थ कोक सहितमा पनि केहि पसलहरुमा कालाबजारी हुने गरेको जानकारी आएको छ ।

साथै सडक क्षेत्रमा फलफुल सहितका पसलहरु पुनः राख्न थालिएको पाइएको तत्काल पसल पहिलेकै ठाउँमा मात्र सञ्चालन गर्न व्यवसायीहरुलाई अनुरोध समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here