धरानमा पहिरोले घर पुरिदा दुई जना बालबालिकाको मृत्यु

0
332

सुनसरी। 

धरानमा मंगलबार परेको अबिरल बर्षाको कारण घर पुरिदा दुई जना बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई रहेका छन् ।

घरमाथीबाट पहिरो झरी उनको एक तले टिनको छाना भएको घर पुरिदा सो घर भित्र रहेका दुई जना बच्चा समेत पुरिएका थिए ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागी प्रहरी टोली खटि गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउँसो साढे ३ बजे दुईजना बालबालिकालाई मृत अबस्थामा फेला पारेको हो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here