साइरसले दृष्टि बिहीन विद्यार्थीसंग जन्मोत्सव मनाए

0
416

बिर्तामोड ।

झापाको चन्द्रगढीका एक बालकले दृष्टि बिहीन विद्यार्थीलाई सहयोग गरेर आफ्नो जन्मोत्सव मनाएका छन् । भद्रपुर–७ का साइरस प्रसाईले आफ्नो जन्मोत्सवको अवसर पारेर बिर्तामोड स्थित गारानीमा रहेको दुर्गा माध्यमिक विद्यालयका दृष्टि बिहीन विद्यार्थीलाई सहयोग गरेका छन् ।

आफु जस्तै बालबालिका त्यसमा पनि दृष्टि बिहीन विद्यार्थीलाई अध्ययनमा सहजता होस् भनेर जन्मोत्सवमा सहयोग गरेको साइरसको भनाई छ । उनले दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत १० जना दृष्टि विहीन विद्यार्थीलाई शैक्षिक सामग्री ब्रेन पेपर सहयोग गरेका छन् ।

छोरालाई सामाजिक काममा प्रेरित गर्दै शिक्षालाई पहिलो प्राथमिता दिएर दृष्टि बिहीन विद्यार्थीलाई सहयोग गर्दै जन्मोत्सव मनाइएको साइरसकी आमा सोनु ओली(प्रसाई)ले बताइन् । उनले भनिन्– होटलमा केक काटेर फजुल रुपमा गर्ने खर्चलाई बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा खुशी लागेको छ ।

सानै उमेरबाट छोरालाई सामाजिक सेवाका क्षेत्रमा उत्प्रेरित गर्नका साथै दृष्टि बिहीन विद्यार्थीको अध्ययनमा सहजता होस् भनेर छोरोको जन्मोत्सव शैक्षिक सामग्री प्रदान गरेर मनाइएको बुबा टंकप्रसाद प्रसाईले बताए ।

विद्यालयमै आएर दृष्टि बिहीन विद्यार्थीलाई सहयोग गर्दै आफ्नो जन्मोत्सव मनाएको भन्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पाठकले खुशी ब्यक्त गरे । उनले मानविय सेवा नै ठूलो धर्म भएकाले दृष्टि बिहीन विद्यार्थीको शैक्षिक विकासका लागि यस्ता सहयोग उपयोगी हुने धारणा ब्यक्त गरे । प्रसाई परिवारले आफ्नो जन्मोत्सवमा वृद्धाश्रम, बालआश्रम तथा विभिन्न सामाजिक सेवाका क्षेत्रमा सहयोग गरेर मनाउने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here