स्थगित एमाले माई–४ को अधिवेशनमा अध्यक्षका लागि आइतबार मतदान हुने

0
614

विमल दहाल, इलाम ।

स्थगित रहेको नेकपा एमाले माइ–४ को प्रथम वडा अधिवेशनमा आइतबार विहान ७ बजे देखि मतदान हुने भएको छ ।

शनिबार पनि सबै पदमा सर्बसम्मत गराउन सरोकारवालाहरु विच छलफल गरिएको भएता पनि अध्यक्षमा भने सहमति हुन सकेन। अध्यक्षका उम्मेदवार प्रेमकुमार दुलालले सहमतिका लागि उम्मेद्वारी फिर्ता लिए पनि अन्य दुई आकांक्षी टेक बहादुर मगर र जीत बहादुर केरुङले अडान नछाडेपछि भोली आईतबार बिहान मतदान तय गरिएको छ। अध्यक्ष पदका उम्मेद्वार टेक बहादुर मगर र जीत बहादुर केरुङ बीच मात्र मतदान हुने छ।

माई–४ मा ३ सय ४ जना पार्टी सदस्यले मतदान गर्ने छन। सचिव पदमा यस अघिनै बिकास बास्तोला सर्बसम्मत भईसकेका छन्। अध्यक्ष बाहेक अन्य बाँकी पदमा ‌भने शनिबार सहमति भएको निर्वाचन मण्डलका संयोजक प्रेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो। सहमति भएको नाम भोलि मात्र घोषणा गरिने संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

यसैबीच निर्वाचन मण्डलले औपचारिक घोषणा गर्न बाँकी रहे पनि उपाध्यक्षमा दिपेश राई, उपसचिवमा लेखमाया राई र पुर्ण बहादुर मगर तथा अन्य सदस्यहरुमा सर्बसम्मत भएको एमाले बिश्वस्त श्रोतले जनाएको छ । वडामा १ अध्यक्ष, १ उपाध्यक्ष,१ सचिब र १ महिला सहित २ उपसचिव समेत ३१ सदस्यीय नेतृत्व रहने ब्यवस्था रहेको छ ।

कात्तिक६ गते शुरु भएको वडा अधिबेशनमा माईका अन्य नौ वटै वडामा सर्बसम्मत नेतृत्व चयन भई सकेका छन् भने नगर अधिवेशन समेत निर्बाचन प्रकृयाबाट सम्पन्न भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here