राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापामा धनञ्जय

0
845

बिर्तामोड ।

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापा शाखाको अध्यक्षमा धनञ्जय बाँस्कोटा चयन भएका छन् ।

प्रतिष्ठानको १५ सदस्य जिल्ला समितिमा वरिष्ठ उपाध्यक्ष तर्फ गोपीकृष्ण भट्टराई, उपाध्यक्षमा रामप्रसाद मैनाली, शान्तिराम निरौला, मनकुमार गदाल, ममता प्रसाई, कृष्णप्रसाद घिमिरे, सचिवमा तोयानाथ काफ्ले, सह–सचिव वेणुप्रसाद निरौला र कोषाध्यक्षमा पदम कुँवर चयन भएका छन् ।

समितिको सदस्यहरुमा सरस्वती भुर्तेल जानुका बाँस्कोटा, सकुन्तला चापागाई, खगेन्द्र दाहाल र भवानी लुइँटेल रहेका छन् । राष्ट्रिय मानवअधिकार प्रतिष्ठानको छैटौं जिल्ला अधिवेशनको प्रमुख अतिथिको रुपमा सुमित्रा प्रसाई रहेकी थिइन् भने डा. नवीन चापागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । वरिष्ठ उपाध्यक्ष धनञ्जय बाँस्कोटाले कार्यक्रममा स्वागत गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनाल र सुमित्रा प्रसाई, केन्द्रीय सल्लाहकार कोमलप्रसाई प्रसाई लगायतको सहभागिता रहेको सावित्रा दाहालले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here