विमल दहाल,इलाम ।

नेकपा एमाले माई नगरपालिका वडा नम्बर-४ को अध्यक्षमा जीतबहादुर केरुङ निर्बाचित भएका छन्।
आईतबार सम्पन्न मतदानमा प्रतिस्पर्धी टेक बहादुर लुङ्गेलीलाई ४० मत अन्तरले उछिन्दै केरुङ बिजयी भएको हुन। विजयी केरुङले १ सय ४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी टेक बहादुर लुङ्गेलीले १०९ मत प्राप्त गरेका थिए ।
कार्तिक ६ गते देखि शुरु भएको अधिबेशनमा शनिबार सम्ममा अध्यक्ष बाहेक अन्य सबै पदमा सर्बसम्मत भएको थियो। अध्यक्ष पदका लागि माई-४ मा ३ सय ४ जना मतदाता रहेकोमा २ सय ६० मत खसेको थियो।
सर्बसम्मत निर्वाचित उपाध्यक्षमा दिपेश राई, सचिवमा विकास बास्तोला, उपसचिवमा लेखमाया राई र पुर्ण बहादुर मगर तथा अन्य सदस्यहरुमा सर्बसम्मत भएको एमाले निर्बाचन मण्डलका संयोजक प्रेमबहादुर विश्वकर्माले जानकारी दिनुभयो।


























