ऋद्धी सिद्धी महिला कृषि सहकारीको नेतृत्व चयन

0
684

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित ऋद्धी सिद्धी महिला कृषि सहकारी संस्था लिमिटेड सञ्चालक समितिको अध्यक्षमा कुसुम राई चयन भएकी छन् ।

संस्थाको आइतबार सम्पन्न १३औं वार्षिक साधारण सभाबाट उनी आगामी तीन वर्षे कार्यकालको लागि पुनः अध्यक्षमा चयन भएकी हुन् ।

त्यसैगरी समितिको उपाध्यक्षमा रुपा गौतम र सदस्यहरु अमृता राई, कमला न्यौपाने, कलामाया खड्का, निर्मला भण्डारी, भूपा राई, राधिका बुढाथोकी र सरीता राई चयन भएका छन् ।

सोही सभाले कमला न्यौपानेको संयोजकत्वमा इन्दिरा पोर्तेल र माया पौड्याल सदस्य रहेको तीन सदस्यीय लेखा समिति गठन गरेको बताइएको छ ।

समितिकी अध्यक्ष कुसुम राईको अध्यक्षता र झापा जिल्ला सहकारी संघका लेखा समितिका सदस्य प्रेमसागर सापकोटाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष रुपा गौतमले व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा अध्यक्ष राईले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिकी सदस्य माया पौड्यालले लेखा समितिको प्रतिवेदन र सदस्य कमला न्यौपानेले संस्थाको चालु आर्थिक वर्ष ०७८÷०७९को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमा संस्थाको जम्मा शेयर पूँजी ५० लाख ८९ हजार एक सय रुपैयाँ, बचत संकलन तीन करोड ७० लाख दुई हजार आठ सय ७५ रुपैयाँ, ऋण लगानी एक करोड ५० लाख ६४ हजार दुई सय ५८ रुपैयाँ, विभिन्न कोषमा १३ लाख २८ हजार तीन सय ५६ रुपैयाँ, जम्मा आम्दानी २४ लाख ७७ हजार पाँच सय ४१ रुपैयाँ, जम्मा खर्च २२ लाख ८८ हजार पाँच सय ६५ रुपैयाँ र शुद्ध नाफा एक लाख ८८ हजार नौ सय ७६ रुपैयाँ उल्लेख गरिएको छ ।

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत एवम् सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा असल बचत सदस्य अन्र्तगत दैनिक बचततर्फ पार्वती तामाङ र सकिना खान, मासिक बचततर्फ तारा श्रेष्ठ र सरिता अधिकारी, असल ऋणी सदस्य अन्र्तगत टंक खत्री र बाबादेवी घिमिरे, असल पशुपालन सदस्यतर्फ देवकला प्रसाईं, ज्येष्ठ सदस्य झाउली चौधरी र शेयर सदस्यका सन्तानहरुमध्ये गत वर्षको एसईईमा सर्वोत्कृष्ट हुने विद्यार्थीद्वय भूमिका पौड्याल र मनिसा राई रहेका छन् ।

कार्यक्रममा सहनशिल महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष ज्ञानकुमारी थापा, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाका उपाध्यक्ष डिल्ली घोर्साईं, लालीगुँरास महिला कृषि सहकारी संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ, अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष अमित खम्बु, सम्मानित व्यक्तित्व प्रसाईंलगायतले आफ्नो धारणासहित शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक चन्द्रकला राईले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here