गणकहरूका लागि चार दिने तालिम शुरु

0
560

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका गणकहरूका लागि ४ दिने तालिम सुरू गरिएको छ ।

दोस्रो चरणको जनगणना अन्तरगत मुख्री प्रश्नावलीको विवरण भर्ने बारेको तालिमको आज आइतबार पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले पथरी बहुमुखी क्याम्पसमा उद्घाटन गर्नु भएको हो ।

तालिममा पथरीशनिश्चरेका ८० र कानेपोखरीका ४७ गरि १२७ जना गणकहरूले सहभागिता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालयमार्फत पथरी शनिश्चरे इकाईद्वारा आयोजित तालिममा पथरी शनिश्चरे नगर उपसचिव शालिग्राम काफ्ले, अधिकृत नवीन बुढाथोकी, कर्मचारीहरू सविना राई, गुणराज थापा सहितले सहजीकरण गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here