नवप्रभात सहकारीको १० औंँ साधारण सभा

0
769

दुहागढी ।

नव प्रभात बचत तथा ऋण सहकारी संस्था भद्रपुर ९ को दशौँ साधारण सभा नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ ।

नव गठित समितिको अध्यक्ष सुरज सापकोटा, उपाध्यक्षहरु कमला दाहाल, दाताराम तिम्सिना, सचिव दिपेन्द्र कटुवाल, सहसचिव युवराज शिवाकोटी रहेका छन् । समितिका सदस्यहरुमा सिता लुइँटेल, गोपालकृष्ण मैनाली, यादव सुनुवार र सावित्रा भुजेल चयन भएका छन् ।

सोही सभाले खेमराज दाहालको संयोजकत्वमा लिलाप्रसाद पौडेल र अनुपा कार्की सदस्य रहेको लेखा समितिसमेत गठन गरेको छ । कृष्ण प्रणामी मन्दिर सरिसरमा सम्पन्न सभामा संस्थाका अध्यक्ष शंकर सुबेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा एक दर्जन बढी उत्कृष्ट व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ता युवराज ढकाल र नरमाया कार्की, असल ऋणी देवकुमार विश्वकर्मा, उत्कृष्ट शेयर सदस्य यशोदा उप्रेती, राजनकुमार मैनाली र अनिता गिरी, उत्कृष्ट कर्मचारी बिन्दु रुचाल लगायत रहेका छन् ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेफ्सकुन प्रदेश १ का अध्यक्ष घनश्याम अधिकारी र विशेष अतिथि मेचीनगर १४ का वडा अध्यक्ष शंकरप्रसाद पोखरेलले संयुक्त रुपमा सम्मान गरेका थिए । संस्थाका सचिव सुरज सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रेम पौडेल, अनिल ढुङ्गाना, हिरा पोखरेल, विश्व थापा, प्रमुख अतिथि अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here