अर्जुनधारा ।
झापाको अर्जुनधारा–७ मा रहेको शनिश्चरे आयुर्वेद औषधालयले मंगलबार एक कार्यक्रमकोबीच धनवन्तरी जयन्ती तथा आरोग्य दिवस मनाएको छ ।
“आयुर्वेद विकासको आधार जनशक्ति विकास र पूर्वाधार” भन्ने मुख्य नारासहित आयोजित कार्यक्रममा आर्युेवदका प्रबद्र्धक धनवन्तरीको पूजाअर्चनासँगै सहभागीहरुको सुगर परीक्षण गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईंको सुगर परीक्षण गर्दै उद्घाटन गरिएको कार्यक्रममा १३ जनाको सुगर परीक्षण गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार राना, अर्जुनधारा–८ वडा कार्यालयका सचिव प्रकाश पौड्याल, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको सहभागिता रहेको थियो ।