ब्राइट बिग्निङका अभिभावकहरुलाई मनोशिक्षा कार्यक्रम

0
621

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४ स्थित ब्राइट बिग्निङ एकाडेमीको आयोजनामा एक दिने मनोशिक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

अभिभावकहरुलाई असल अभिभावकत्व तथा बाल मनोविज्ञानको विषयमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको विद्यालयकी सञ्चालक जीना ओलीले जानकारी दिइन् ।

विद्यालयका सल्लाहकार बुद्धीप्रसाद पाण्डेले सहजिकरण गरेको सोही कार्यक्रममा विद्यालयका संयोजक अजय मिर्जाले विद्यालयको वर्तमान अवस्था र भावी योजनाहरुका विषयमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

विद्यालयका अर्का सञ्चालक प्रकाश ओलीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन संयोजक मिर्जाले गरेका थिए । विद्यालयले आगामी दिनमा पनि यस किसिमको कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here