सुरजकिरणको जन्मोत्सवमा पत्रकार उपचार कोषमा सहयोग

0
603

झापा ।

बिर्तामोड ३ का महेन्द्र पोख्रेल र पबित्रा पोख्रेलले छोरा सुरजकिरण पोख्रेलको २१ औं जन्मोत्सवको अवसर पारी मंगलबार पत्रकार सहारा उपचार कोषलाई ११ हजार पाँच सय एघार रुपैयाँ प्रदान गरेका छन् ।

पोख्रेल परिवारले पत्रकार महासंघ झापाका कार्यबाहक अध्यक्ष केशव भट्टराईलाई उक्त रकमको चेक प्रदान गरेका हुन् । फजुल खर्च गरी जन्मोत्सव मनाउनु भन्दा सो रकमले सामाजिक क्षेत्रमा सहयोग गर्न पाए खुसी लाग्ने भन्दै नेपाल पत्रकार महासंघ सदस्य बिजय बरालका लागि तीन हजार र छोराको जन्मोत्सवको अवसरमा एघार हजार पाँच सय एघार गरी चौध हजार पाँच सय एघार रुपैँया झापाली पत्रकारहरुको हितमा योगदान गर्न रकम प्रदान गरेको सामाजिक ब्याक्तित्व पोख्रेलले बताएका छन् ।

रकम हस्तान्तरण पत्रकार महासंघ झापाका सदस्यहरु रञ्जित परियार, सुनिरा मैनाली, सन्तोष न्यौपाने लगायतको सहभागिता थियो । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पुर्याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार महासंघ झापाका कार्यबाहक अध्यक्ष भट्टराईका अनुसार कोषमा हाल ४६ लाख रुपैयाँ जम्मा भइसकेको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने सहयोगी पोख्रेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here