रेडस्टार माविमा देउसीभैलो

0
648

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्थित रेडस्टार माविले दिपावलीको अवसरमा कक्षागत देउसीभैलो कार्यक्रम आयोजना गरेको छ।

विद्यालयले मंगलबार तिहार पर्वको विषेश सांस्कृतिक परम्पराको महत्व दर्शाउन उक्त प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरेको हो ।

उक्त अवसरमा नेपालीहरूले मनाउँदै आइरहेका चाडपर्वमध्यें तिहार पनि महत्वपूर्ण रहेको भन्दै यो पर्वको सांस्कृतिक महत्व उजागर गर्न र संरक्षणका लागि उक्त प्रतियोगितात्मक कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक टेकनाथ तिम्सिनाले बताउनुभएको छ ।

उक्त प्रतियोगितामा कक्षा १ र२मध्येंबाट कक्षा १, कक्षा ३ र ४मध्येंबाट कक्षा ४ , कक्षा ५,६,र ७ मध्येंमा कक्षा ५ , तथा ८,९ र१० कक्षामध्येंबाट कक्षा -९ को देउसीभैलो गीत उत्कृष्ट ठहरिएको निर्णायक समितिका सदस्य समेत रहेका वरिष्ठ लेखक तथा कलाकार जीवन बराल जानकारी दिनुभयो।

विभिन्न सांस्कृतिक पहिरनमा आएका विभिन्न कक्षामा अध्ययनरत छात्रा – छात्रहरूले आ- आफ्नो मौलिक देउसी भैलो खेलेर रमाइलो गरेका थिए । विद्यालयका सहायक प्रधानाध्यापक वसन्त मादेनले शुभकामना मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको संयोजन शिक्षिका सरिता भट्टराईले गर्नू भएको थियो भने संचालन छात्रा द्वय चेतना गामी र सुप्रिया खड्काले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here