एकिकृत समाजबादीको माइ नगरकमिटी गठन

0
404

विमल दहाल, इलाम ।

नेकपा एकीकृत समाजबादी माई नगर कमिटीको प्रथम अधिवेशनबाट अनिल कुमार तामाङको अध्यक्षतामा १०१ सदस्यीय नगर कमिटी र राजकुमार एक्तेनको अध्यक्षतामा ५१ सदस्यीय युवा संघको कमिटी गठन गर्दै सम्पन्न भएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संबिधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको क्षेत्र रहेको माइ नगरपालिकामा एकिकृत समाजबादीको अबस्थाको बारेमा धेरैको चासो देखिएको छ। मंगलबार समिति गठनको संख्या भन्दा न्यून सहभागिता रहेको कार्यक्रमबाट उपाध्यक्षमा पुष्प खनाल, सचिवमा हरी नेपाली, उपसचिवमा सुक बहादुर राई र नर बहादुर लिङ्देन चयन भएका छन् ।

दानाबारीको सितली स्थिति रेडक्रस भवनमा भएको अधिबेशनमा युवा संघ इन्चार्जमा नर बहादुर लिङ्देन र सचिवमा अमर रामदाम चयन भएको अध्यक्ष तामाङले जनाकारी दिनुभयो ।

पुष्प खनालको अध्यक्षतामा सम्पन्न अधिवेशनमा अतिथीहरु जिल्ला कमिटी अध्यक्ष भक्त के।सी।, जिल्ला कमिटि सदस्य तथा सुर्योदय नगरपालिकाका मेयर आर।बि।राई, जिल्ला समन्वय समिति ईलाम उपाध्यक्ष चित्रकला बराइली, युबा संघका संजिव राई, प्रत्युस राना लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here