१२४५ हेक्टर धानबालीमा क्षति

0
484

नेत्रबिक्रम बिमली,
हल्दिबारी ।

झापाको हल्दिबारी गाउँपालिकामा २०७८ असोज ३१ बाट आएको वेमौसमी बर्षाको कारण १२४५ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति भएको कृषि तथा पशु शाखा प्रमुख शानुमाया श्रेष्ठले जानकारी दिएकी छन् ।

कृषि शाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार तीन हजार ८ सय ५ घरधुरी परिवारले लगाएको २ हजार ५ सय ५५ हेक्टर जमिनमध्ये १ हजार २ सय ४५ हेक्टर जमिनको धानबालीमा क्षति पुगेको छ । शाखा प्रमुख श्रेष्ठका अनुसार हल्दिवारीका किसानले लगाएको रञ्जित, सर्ना, कमल जातका धानवालीमा नोक्सानी भएको हो ।

अविरल वर्षाका कारण वडा नम्बर १मा ११०५ घरधुरीले लगाएको ७३९ हेक्टरमध्ये ४६७ हेक्टर ६३ प्रतिशत जमिनको धानबालीमा नोक्सानी पुगेको छ । त्यस्तै वडा नम्बर २मा ५८७ घरधुरीले लगाएको ४२२ हेक्टरमध्ये १८० हेक्टर ४२.६५ प्रतिशत जमिनको धानबालीमा नोक्सानी भएको बताइएको छ ।

त्यसैगरी वडा नम्बर ३ मा ६१० घरधुरीले लगाएको ४१९ हेक्टरमध्ये १२१ हेक्टर २९ प्रतिशत जमिनको धानबाली नष्ट भएको छ । त्यस्तै वडा नम्बर ४मा ९०३ घरधुरीले लगाएको ६८८ हेक्टरमध्ये ३०२ हेक्टर ४४ प्रतिशत जमिनको धानबालीमा क्षति पुगेको छ । त्यसैगरी वडा नम्बर ५मा ६ सय घरधुरीले लगाएको २८७ हेक्टरमध्ये १७५ हेक्टरमा ६१ प्रतिशत जमिनमा लगाएको धानबाली नष्ट भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here